१६ पुष, एजेन्सी । विश्वमै प्रशिद्ध युट्युबर मिस्टर बिस्ट नेपाल आइपुगेका छन् । उनले ‘सेक्रेट मिसन’का लागि आफ्नो टिम नेपाल आएको जानकारी आफ्नै युट्युब भिडियोबाट दिएका छन् ।
विश्वभर नै उनको फ्यान फलोइङ उच्च छ। उनी परोपकारी कार्यका लागि विभिन्न मुलुकमा घुमिरहेका हुन्छन् । उनले भिडियोमा आफू टिमसहित नेपाल आइपुगेको बताएका छन् । भिडियोमा उनी डेरेन नामक सहयोगी सहित हेलिकोप्टर मार्फत सगरमाथा आधार शिविरमा पुगेको देखिन्छ ।
खास जिमी रहेका मिस्टर बिस्ट टि-सिरिजपछि दोस्रो सर्वाधिक पछ्याइएका युट्युबर हुन् । उनलाई युट्युबमा सब्सक्राइब गर्नेको संख्या २२ करोड ४० लाख नाघेको छ । उनको अर्को परोपकारी च्यानल ‘बिस्ट फिलान्थ्रोपी’लाई युट्युबमा २ करोड ५० लाख जनाले पछ्याएका छन् ।