१६ जेठ, जुम्ला । पातारासी गाउँपालिका जुम्लामा कार्यरत प्राविधिक शाखा प्रमुख ईन्जनियर नवीन शाही माथि स्थानीय युवाले गाउँपालिका अध्यक्षकै कार्यकक्ष भित्र हातपात गरेका छन् । गाउँपालिका अध्यक्ष पूर्णसिंह बाेहाेराकै कार्यकक्षै भित्रै हातपात गरेका हुन् ।
पातारासी गाउँपालिका वडा नम्बर ६ उर्थुका युवा विष्णु बुढाले शाही इन्जिनियर माथि अध्यक्षकै कार्यकक्ष भित्रै हातपात गरेका हुन् । काम नगरि भुक्तानी माग गरेकाे विषयमा विवाद हुँदा ईन्जिनियर शाही माथि हातपात गरेका हुन् । विष्णु बिढाले प्रक्रिया पूरा नगरी भुक्तानी दिन दबाब दिएको र प्रक्रिया पूरा गर्न भन्दा उल्टै अपाच्य शब्द प्रयोग गर्दै हातपात गरेका हुन् ।
यस विषयमा पालिकामा काम गर्ने १९ जना कर्मचारीले प्रेस विज्ञप्ति जारी गर्दै काम गर्न भयावह वातावरण सिर्जना भएकोले यसको कानुनी एवम् न्यायीक उपचार नहुदा सम्म काम गर्न नसकिने बताएका छन् ।
गाउँपालिकामा कार्यरत कर्मचारीले जारि गरेकाे विज्ञप्त