२०८१ साल माघ २४ गते बिहिबार

पातरासीका सुनौला हजार दिनका आमाहरुलाई रैथाने बालीको उपभोग बारे अभिमुखिकरण


५ माघ, जुम्ला । किर्डाक नेपाल जुम्लाले पातरासी गाउँपालिकामा रहेका सुनौला हजार दिनका आमाहरुलाई रैथाने बाली प्रर्वद्धन, उत्पादन तथा संरक्षण सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरेको छ । गर्भवति तथा सुत्केरी महिला र बालवालिकाको पोषण स्थितिमा सुधार ल्याउन सुनौलो हजार दिनका आमाहरुलार्ई रैथाने बालि प्रर्वद्धन, उत्पादन तथा संरक्षण सम्बन्धी अभिमुखिकरण गरेको हो ।


हरेक व्यक्ति स्वस्थ हुन भन्नका लागि सन्तुलित भोजन पहिलो आवश्यकता हो । सन्तुलित भोजनको सेवन गरेमा आमा र शिशु दुवै स्वस्थ रहने हुँदा प्रत्येक आमाहरुले आफूले के खाँदा फाइदा जुन्छ भन्ने कुरामा सचेत हुन जरुरी रहेको किर्डाक जुम्लाकी फिल्ड अधिकृत सरु महतले जनाइन् । उनका अनुसार सुनौलो हजार दिनका आमा र बच्चालाई स्वस्थ राख्न ध्यान दिनुपर्ने कुराहरु र पोषिलो आहाराका बारेमा ध्यान दिनु अति आवश्यक हुन्छ । शिशुको स्वास्थ्य प्रति आमा मात्र नभई परिवारका हरेक सदस्यको उत्तिकै जिम्मेवारी हुने महतक भनाइ छ । उनले भनिन्, "सुनौला हजार दिनका आमा, गर्भवति तथा सुत्केरी, आर्सिमा तथा बिपन्न परिवारका लागि रैथानेको बालीको प्रर्वद्धन, उत्पादन र संरक्षणमा लाग्नु आवश्यक छ ।"


यस्तै, किर्डाक नेपालका समाजिक परिचालक कृष्ण बहादुर बोहोराका अनुसार बच्चा आमाको गर्भमा रहेको दिनदेखि १ हजार दिन अर्थात २ वर्ष सम्म ८० प्रतिशत मस्तिष्कको विकास भईसक्ने भएकाले सो समयमा पोषिलो खानाको महत्वबारे आमाहरुलाई जानकारी गराउन अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको बताए । 


साथै किर्डाक नेपाल जुम्लाका सामाजिक परिचालक गंगा महत (न्यौपानेका) अनुसार हामी एक पटक आमा बन्ने भएकाले बिषेश खानपानमा ध्यान दिदा आमा र बच्चालाई हुने फाइदाले दीर्घकालीन रूपमा फाइदा पुर्याउने बताइन् । यसका लागी स्थानीय स्तरमा रहेका रैथाने बालीमा करेसाबारी निर्माण गर्ने, बगैंचा व्यवस्थापन गर्ने, मौसमी तथा बेमौसमी तरकारी खेतिमा जोड दिन आग्रह गरिन् । 


यो कार्यक्रम वल्डभिजन ईन्टरनेशल नेपालको आर्थिक सहयोग र किर्डाक नेपालको आयोजनामा अभिमुखिकरण गरिएको हो । कार्यक्रममा पातरासी गाउँपालिका वडा नम्वर ५ का ५० जना सुनौला हजार दिनका आमा र गर्भवति महिला सहभागी रहेका थिए । 

प्रतिक्रिया