२०८२ साल जेठ ११ गते शनिवार

जिविकोर्पाजनमा जोड्न तिलाका १० जना युवालाई ड्राइभिङ्ग तालिम


२७ साउन, जुम्ला । किर्डाक नेपाल जुम्लाको आयोजना तथा वल्र्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा तिला गाउँपालिकाका १० जना युवाहरूलाई ड्राइभिङ्ग तालिम दिइएको छ । किर्डाक नेपाल जुम्लाको जिविकोपार्जन पुनर्लाभ कार्यक्रम अन्तर्गत उक्त संख्यामा युवाहरूलाई ड्राइभिङ्ग सिकाइएको हो ।


जिविकोपार्जन कार्यक्रम अन्तर्गत किर्डाक जुम्लाले तिला गाउँपालिका वडा नम्बर १, ६, ७, ८ र ९ नम्बर वडाका कुल १० जना युवाहरूलाई ड्राइभिङ्ग सीप सिकाइएको किर्डाकका फिल्ड परिचालक अजित थापाले बताउनुभयो । आज एक कार्यक्रमको आयोजना गरि सहभागी सबैलाई प्रमाणपत्र वितरण गर्नुको साथै एक महिने ड्राइभिङ्गको अन्त्य गरिएको हो । 


कार्यक्रममा बोल्दै मुख्य प्रशिक्षक चन्द्रलाल न्यौपानेका अनुसार युवाहरूलाई सीप सिकेर रोजगार होउन् भन्ने हिसाबले सिपमुलक तालिम दिइएको बताउनुभयो । उहाका अनुसार सहभागी मध्ये कोहि पहिलोपटक नै ड्राइभिङ्ग सिक्नेहरु पनि रहेको बताए । तर यसअघि पनि यस्तो तालिम लिएकालाई अझ पोख्त हुन सहयोग मिलेको र भविष्यमा यहि पेसा बाटै जिविकोर्पाजन गर्न आग्रह समेत गर्नुभयो । 


यस्तै, कार्यक्रममा बोल्दै किर्डाक जुम्लाका संयोजक दिपराज रावतले तालिमका सहभागी सबैलाई भविष्यको लागी शुभकामना दिनुभयो । उहाले भन्नुभयो, "काम ठूलो सानो हुदैन, आफुले जानेको काम सिपयुक्त तरिकाले गरेमा बजारमा आफ्नो माग बढाउन सकिन्छ । यस क्षेत्रमा तपाईहरु अब्बल भएर लाग्नुस्, शुभकामना ।"

प्रतिक्रिया