२३ साउन, जुम्ला । जुम्लामा शृङ्खलाबद्ध आगलागीका घटनामा संलग्न व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुठीचाैर गाउँपालिका -४ घर भई हाल चन्दननाथ नगरपालिका -१ मा बस्दै आएका ३० वर्षीया रत्न अधिकारी भएकाे डीएसपी प्रल्हाद कार्कीले बताए ।
उनले सुरुमा २०८० असार २६ गते गुठिचौर गा.पा.-४ बालु स्थित कृष्ण बहादुर अधिकारी घर अगाडि पार्किङ गरि राखेको अटोमा आगो लगाएका थिए ।
कृष्णबहादुर अधिकारीसँग रिसिबीई साँध्न अटाेमा आगाे लगाएकाे डीएसपी कार्कीले बताए । उनले भने, 'हामीले कृष्ण बहादुर अधिकारीलाई साेध्दा एक पल्ट चामलको विषयलाई लिएर पहिले विवाद भएको बताउनुभयाे ।'
उनले सबैभन्दा धेरै घटना ०८० साउन ०५ गते घटाएका थिए । त्याे दिन सुरुमा चन्दननाथ -१ डुडाखोज स्थित रतन बहादुर बुढाको घरको दोश्रो तलाको बारदलीमा झुण्डाइएको डस्नामा राती ११ बजे आगो लगाएका थिए । साेही दिन गुठीचौर -४ बिगारे बस्ने वर्ष ५६ को भिम प्रसाद घरको भुई तलामा राखेकाे गँहुको भुसमा राती ११:५५ बजे आगो लगाए ।
त्यसपछि राती ०१:०० बजे गुठीचौर -४ खल्लावाडाका लाल चन्द्र सार्कीको ढुंगा माटोले घरको भुई तलाको गोठभित्र रहेको सुकेको घाँसमा आगो लगाए । साेही राति ०१:०० बजे गुठीचौर -४ डाँडावाडा (क) का ५९ को कविदत्त न्यौपानेको घरको भुई तलाकाे आगनको झ्याल नजिकै रहेको खाटमा डस्ना, आगो लगाई झ्याल र बारदलिमा क्षति गरे ।
राति ०१:३० बजे गुठीचौर ४ डाँडावाडा (ख) का कविदत्त न्यौपानेको घरको काठको भर्याङ्गमा आगाे लगाए। । फेरि राती ०१:४५ बजे गुठीचौर -४ धवलपुराका खडानन्द पाण्डेको घरमा आगो लगाए भने ०१:४५ बजे गुठीचौर-४ धवलपुराकै प्रेम प्रसाद न्यौपानेको घरमा आगाे लगाए ।
रातभरी आगाे लगाउँदै हिडेका उनले ०३:१५ बजे गुठीचौर -५ मा सडक स्तरोन्नतिको कामको सिलसिलामा पार्किङ गरि राखेकाे रारा तेन्जिन कन्ट्रक्सनको लु ५ त १२४४ नम्बरको ट्याक्टर आगजनी गरेकाे प्रहरीले बताएकाे छ ।
उनले श्रृंखलावद आगजनी गर्नुकाे कारण आफू गरिब भएकोले कसैले पनि ऋण, उधारो समेत नपत्याउने र नदिने भए पछि निराश भई यस्तो कार्य गरेको भन्ने बयान दिएको डीएसपी कार्कीले बताए । उनी आर्मीका जागिरे भएकाे र स्वास्थ्यका कारण उपादानमा छाेडेकाे बताइएकाे छ ।