२०८२ साल असार २४ गते मङ्गलबार

सिकाइ अनुभव आदानप्रदान गर्न कृषक भ्रमण


२ चैत, जुम्ला । वल्र्ड भिजन इन्टरनेशनल नेपालको र किर्डाक नेपाल जुम्लाको साझेदारीमा जुम्ला जिल्लामा सञ्चालित एकिकृत उत्थानशिल जिविकोपार्जन तथा पोषण परियोजनाका अन्तरगत जलवायुमैत्री कृषक पाठशालाको बिहिबार अन्तरपालिका सिकाई र अनुभव आदानप्रदान कार्यक्रम गरेको छ

किर्डाक नेपाल जुम्लाका फिल्ड अफिसर सरु महतका अनुसार नमुना कृषकहरुले तयार पारेका  जलवायूमैत्रि कृषि सामग्री तथा  अन्तरपालिका सिकाई र अनुभव आदानप्रदान  पर्दशनी कार्यक्रम गरिएको हो । 

नेपाल कृषिप्रधान प्रदान देस हो । तेसै माथी जुम्ला जिल्ला अर्गानीक रैथाने बालि भएको  जिल्लाको जिल्लाको रुपमा परिचित छ । त्यसै लाई माध्यनजर गरि जुम्लाका विभिन्न पालिकाका नमुना कृषकहरुलाई मौसमी तथा बेमौसमी तरकारी खेतिमा किर्डाक नेपाले लक्षित गराएको छ ।

किसानहरुलाई कृषिमा आत्मनिर्भर बनाउनुका साथै हौसला तथा जिबिको पार्जन कसरी गर्न सकिन्छ भनेर समय समयमा कृषि पर्णाली सम्बन्धि तालिमको पनि बेबस्था गर्ने गरेको महतले बताएकी छन । समाजमा बेमौशमी तरकारी खेती गरि कतिपएले जिविकोपार्जन गरि रहेका छन् । भने कतिपए तरकारी खेतीमा ठुलो परिश्रम गरे पनि लगानी नहुदा फल प्राप्त गर्न सकेका छैनन् । तर किर्डाक नेपाल जुम्लाले भने बेमौशमी तरकारी खेती गरि आत्मनिर्भर बन्न लगानी समेत गरिदिएको समेत उनको भनाई रहेको छ । ।

त्यस्तै किर्डाक नेपाल जुम्लाले जुम्लाका ४ वटा पालिका पातारसि गाउँपालिका, गुठिचौर, चन्दननथा, तातोपानी र तिला गाउँपालिकाका उत्पादक समहुलाई बेमौशमी तरकारी उत्पादन गरि आत्मनिर्भर गर्ने एक बाटो दिएको छ ।

जुम्लामा रहेका विभिन्न पालिकाका किसानहरुलाई कसरी मौसमी तथा बेमौसमी तरकारी खेती गर्ने, र आइपरेका चुनौतिलाइ कसरी निराकरण गर्ने भन्ने बारे छलफल भएको थियो । तेस्तै किसानहरुलाइ कृषिमा कसरी  आत्मनिर्भर गराउने भन्ने यो कार्यक्रमको मुख्य उद्श्य रहेको फिल्ड अफिसर महत बताइन् ।  समुहमा आबद्ध सदस्यहरुले सिप र अनुभव आदानप्रदानले अझ हौसला मिलेको बताएका छन् । आफुहरुले उत्पादन गरेका बस्तु भन्दा उत्पादन गर्ने तरिका समेत फरक शैलीको बिकास भएको बताएका छन् ।

प्रतिक्रिया