२२ जेठ, सुर्खेत । समृद्धि एग्रो सोलुशन मंगलगढी चोक सुर्खेतले एक सय जना कृषक लाई जैबिक बिषदी बितरण गरेको छ । बिश्व वाताबरण दिवश २०२३ को अबसरमा सो बिषादी बितरण गरिएको हो ।
बिरेन्द्रनगर नगरपालिका सुर्खेतको समन्वयमा बिरेन्द्रनगरको बडा नं ९ मा रहेको सानाकिसान कृषि सहकारी मार्फत संचालित पिजिएस कृषक पाठशालामा ३० जना, सोही वडाका फौजिकिरा आईपिएम कृषक समुहमा ३० र मनिकापुर कृषक बहुमुखी सहकारी संस्थाका ३० जना कृषकलाई निममा आधारीत जैबिक बिषदी बितरण गरिएको समृद्धि एग्रो सोलुशन सुर्खेतका निर्देशक यामप्रसाद शर्माले बताए ।
वातावरणमा सबै भन्दा बढी हानि बढ्दो बिषादी प्रयोगको कारण भएकोले भएको हुदा रासायनिक विषादीको प्रयोग कम गरि वातावरणलाई सुरक्षित र मानव जिवनमा समेत सुरक्षित बनाउन जैबिक बिषदीको प्रयोग गर्नुपर्ने निर्देशक शर्माले बताए ।
शर्माले आफु कृषि पढेको र कृषि व्यवसायी भएकाले सुरक्षित वातावरण बनाउनु हामी सबैको दाहित्व भएको कारण १०० जना कृषकलाई जैबिक बिषदी वितरण गरेको बताए । कृषकलाई कृषकलाई जैबिक विषादीको बारेमा जनचेतना फैलाउने उद्देश्यले कृषकहरुलाई उक्त सामग्री वितरण गरिएको निर्देशक शर्माले बताए ।
बिरेन्द्रनगर नगरपालिका सुर्खेत कृषि बिकास शाखा प्रमुख हेमराज केसीले समृद्धि एग्रो सोलुशनले व्यवसाय मात्र नभई समाजमा जनचेतना फैलाउने काम गरेकोमा धन्याबाद समेत व्यक्त गरे । शाखा प्रमुख केसीले वातावरणीय क्षति कम गर्न रसायनको प्रयोग कम गर्नुपर्ने बताए ।
यस्तै, मनिकापुर कृषक बहुमुखी सहकारी संस्थाका अध्यक्ष नारद भट्टराईले समृद्धि एग्रो सोलुशनलाई धन्यबाद दिदै कृषकको प्रमुख परामर्सदाता एग्रोभेट भएकाले वातावरण दिवसको अवसरमा आफ्नो सहकारीमा आएर कृषकलाई जैबिक बिषदी र बिषदीको बारेमा जानकारी दिएको खुसी ब्यक्त गरे ।