२०७८ माघ १० सोमबार

अझै भेटिएनन् कर्णालीमा टिपर खस्दा बेपत्ता भएका चालक र सहचालक

Nasoo -   नासो संवाददाता || २०७८ ब‌ैशाख २२ बुधबार

जुम्ला । कर्णालीमा टिपर खस्दा बेपत्ता भएका चालक, सहचालकको झण्डै २१ घण्टा बितिसक्दा पनि अवस्था पत्ता लाग्न सकेको छैन । मंगलबार साँझ नौ बजे दैलेखको आठबीस नगरपालिका –४ खोटेसल्लामा टिपर कर्णाली नदीमा खसेको थियो ।

दाङको लमहीदेखि जुम्ला जाँदै गरेको बा ५ ख २१८३ नम्बरको उक्त टिपर कर्णालीमा नदीमा खस्दा बेपत्ता भएका चालक र सहचालक अझै नभेटिएको दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले बताए । उनले भने, ‘टिपर लमहीबाट सिमेन्ट लिएर जुम्ला जाँदै गरेको बुझिएको छ । कर्णाली राजमार्गबाट झण्डै ५० मिटर तल नदीमा  खसेको भेटिएको छ ।’

उनका अनुसार चालक र सहचालकको  नाम भने खुल्न सकेको छैन । उनीहरुको खोजी कार्यमा इलाका प्रहरी कार्यालय राकम कर्णालीको प्रहरी टोली परिचालन गरिएको छ । ‘कर्णाली नदीमा पानीको बहाव बढेको र पानी धमिलिएका कारण बेपत्ताको खोजी कार्यमा कठिनाई भएको छ,’ उनले भने ।

उनका अनुसार गोताखोरको टोलीमार्फत बेपत्ताको खोजी गर्नका लागि समन्वय भइरहेको छ ।

प्रतिक्रियाह
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Tila-3, Jumla
+977-9843718173
[email protected]
[email protected]
[email protected]com

ड्रिम सिकर मल्टीप्रपोज पा.लि. द्वारा संचालित रेजिस्ट्रेसन नम्बर : २४४९७०/०७७/०७८          सुचना विभाग दर्ता नं : २३१५/०७७-७८                                                                        प्रबन्ध निर्देशक :- अमर नाथ योगी 
व्यवास्थापक :- लंक नाथ योगी
प्रधान सम्पादक :- मान बहादूर कुँवर

संवाददाताहरु :- सपना रावत, रबिन्द्र शाही, दिपक बुढ्थापा
क्यामेरा म्यान:- सोलोमन नाथ योगी        कानुनी सल्लाहकार :- अधिवक्ता अनिता      तिमल्सिना

सामाजिक संजाल