२०७८ माघ १० सोमबार

स्वरोजगारको बाटोमा तिला गाउँपालिका, १ सय ५० जना युवालाई सहुलियत ऋण दिदै

Nasoo -   Sapana Rawat || २०७८ मङ्सिर २१ मङ्गलबार

२१ मंसिर, जुम्ला । जुम्लाको तिला गाउँपालिकाले १ सय ५० जना युवा उद्यमीलाई सहुलियत कर्जा दिने भएको छ ।  गाउँ गाउँका युवालाई उद्यमी बनाउदै स्वरोगार बनाउने उदेश्यले सुहलियत कर्जा दिने लागेको हो । 

युवाहरुले पेश गरेको प्रस्तावनाका आधारमा १० देखि २० लाख सम्म कर्जा दिने तयारी गरेको अध्यक्ष रतननाथ योगीले बताए । राज्यको लगानी राज्यलाई फिर्ता गर्ने गरी युवालाई उद्यममा प्रोत्साहन गर्ने योजना ल्याएका उनको भनाइ छ । तिला गाउँपालिका, नबिल बैँक र राष्ट्रिय युवा परिषद् नेपालको त्रिपक्षिय सहकार्यमा जुम्लामा युवा उद्यमशिल्ता कार्यक्रम सुरु गरेको बताउदै गाउँपालिकाका १ सय ५० जना युवाहरुलाई उद्यमशिल बनाउने छ ।

तिला गाउँपालिका जुम्लाले उदाहरणीय र युवालाई रोजगारी दिने कामको थालनी गरेको उनको भनाइ छ । नबिल बैँक सँग सहकार्य गरेर तिला गाउँपालिकाले १४ करोड लगानी गरेको उनले बताए । लगानी अनुसारको प्रतिफल आएमा र अझै लगानी थप गरिने उनले प्रतिबद्वता जनाए । अध्यक्ष योगीका अनुसार सहुलियतपूर्ण कर्जा उपलब्ध गराई युवाहरुलाई स्वरोजगार गर्ने महत्वपूर्ण कामको सुरुवात तिलाबाट भएको बताए । 

सहुलियतपूर्ण ऋणका लागी ६ सय ३२ जना युवाले फर्म भरेकोमा १ सय ५० जना युाव छनौटमा परेका छन् । तिला गाउँपालिका जुम्लाका प्रमुख प्रशासकिय अधिकृत मीन बहादुर रावलका अनुसार तिला गाउँपालिकामा सहुलियतपूर्ण कर्जाको लागि छनौट भएका १ सय ५० जनाको नाम नै राष्ट्रिय युवा परिषदले छनौट गरेको बताए । राष्ट्रिय युवा परिषदले तिला गाउँपालिकालाई फर्म मात्रा उपलब्ध गराएको र तिलाका कर्मचारीले फर्म भर्ने मात्र काम गरेको उनको भनाइ छ । 

प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईले आफू जुम्लामा आए देखि धेरै कार्यक्रममा गएको तर सबै भन्दा उपलब्धि मुलक कार्यक्रम तिला गाउँपालिकाले गरेको बताइन् । नेपाल सरकारले सुरु गरेको खुसी नेपाली र समृद्धि नेपाली नाराका अनुसार सबै नेपालीलाई बेरोजगार मुक्त बनाउनु पर्ने उनको भनाइ छ । 


राष्ट्रिय युवा परिषद् नेपालका कम्प्युरट अपरेटर तथा आई.एल.ओ. प्रशिक्षक श्याम काजी खत्रीले नेपाल सरकारले सहुलियपूर्ण कर्जा जारी गरेको बताए । अर्थ मन्त्रलायलले नबिल बैँकसँगको सहकार्यमा सुहिलतपूर्ण कर्जा दिने बताए । २० लाख सम्म विना धितो युवाहरुले पेश गरेको प्रस्तावनाका आधारमा कर्जा पाउने प्रावधान रहेको उनको बताए । 

राष्ट् बैँकको ९ 'क' वर्गमा परेका प्रत्येक बैँकको शाखाले प्रत्येक वर्ष १० वटा विजनेस र 'ख' वर्गका बैँकले वर्षमा ५ वटा विजनेसमा सहुलियपूर्ण कर्जा दिनै पर्ने प्रावधान रहेको जानकारी दिए । यस्तै, ५ वटा समूहमा राखेर जुम्लाका ५ वटा होटेलमा युवा उद्यमी सम्बन्धी मंगलबारका दिनबाट तालिम सुरु हुने भन्दै उनले एउटा समूहमा २० जना युवाहरु रहने छन् ।

प्रतिक्रियाह
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Tila-3, Jumla
+977-9843718173
nasoomarketing@gmail.com
contact@nasoo.org
nasoonews@gmail.com

ड्रिम सिकर मल्टीप्रपोज पा.लि. द्वारा संचालित रेजिस्ट्रेसन नम्बर : २४४९७०/०७७/०७८          सुचना विभाग दर्ता नं : २३१५/०७७-७८                                                                        प्रबन्ध निर्देशक :- अमर नाथ योगी 
व्यवास्थापक :- लंक नाथ योगी
प्रधान सम्पादक :- मान बहादूर कुँवर

संवाददाताहरु :- सपना रावत, रबिन्द्र शाही, दिपक बुढ्थापा
क्यामेरा म्यान:- सोलोमन नाथ योगी        कानुनी सल्लाहकार :- अधिवक्ता अनिता      तिमल्सिना

सामाजिक संजाल