२०७८ माघ १० सोमबार

एमबिबिएस कार्यक्रम उद्घाटन गर्न राष्ट्रपति भण्डारी जुम्ला आउदै

Nasoo -   Amar Nath Yogi || २०७८ मङ्सिर १९ आइतबार

१९ मंसिर, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले सुरु गर्न लागेको एमबिबिएस र ब्याचलर लेभलका कार्यक्रम उद्घाटन गर्न राष्ट्रपति विद्यादेवि भण्डारी जुम्ला आउनु हुने भएको छ । मंसिर २६ गतेका दिन राष्ट्रपति जुम्ला आउने प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलले जानकारी दिए ।

एमबिबिएस र ब्याचलर लेभलका कार्यक्रमकाहरु उद्घाटन गर्न राष्ट्रपति भण्डारी जुम्ला आउने भएकी हुन् । यसैक्रममा एमबिबिएस पढ्न जुम्ला आएकाहरुसँग कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले आज परिचयात्मक कार्यक्रम गरेको छ । मंसिर १९ गतेबाट प्रतिष्ठानले एमबिबिएस पढाई सुरु गर्ने कार्ययोजना अनुसार प्रतिष्ठानले आजदेखी उक्त कार्य सुरु गरेको हो ।

मौसम प्रतिकुलताको कारणले एमबिबिएस पढ्न आउने विद्यार्थी आउनेक्रम जारी भएकाले आईतबारका दिन प्रतिष्ठानमा आएकाहरुसँग परिचयात्मक कार्यक्रम भएको प्रतिष्ठान जुम्लाका रजिष्ट्रार नृपेन्द्र महतले बताए । उनका अनुसार २० जनाको कोटा मध्ये १७ जना विद्यार्थी एमबिबिएस पढ्नको लागि भर्ना भइ सकेको जानकारी दिएका छन् ।  


मंसिर २६ गतेका दिन राष्ट्रपति विद्यादेवि भण्डारीबाट एमबिबिएस लगायतका ब्याचलेर लेभलका कार्यक्रमहरु औपचारिक रुपमा उद्घाटन गर्ने तयारी भएको महतको भनाइ छ । राष्ट्रपतिको हातबाट एमबिबिस लगायतका ब्याचुलर लेभलका कार्यक्रम उद्घाटन गराएपछि नियमित रुपमा पढाई सुरु हुने उनले नासोलाई बताए ।

कर्णालीको जुम्लालाई मेडिकल हब बनाउने ढोका खुलेको उनको भनाइ छ । प्रतिष्ठानमा एमबिबिएस र ब्याचलर लेभलका कार्यक्रम सञ्चालनले गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षा सुनिश्चित गर्न थप सहयोग पुग्ने विश्वास गरिएको छ । यससँगै कर्णालीको स्वास्थ्य क्षेत्रमा नयाँ युगको सुरुवात हुने उनको बुझाइ छ ।

प्रतिक्रियाह
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Tila-3, Jumla
+977-9843718173
nasoomarketing@gmail.com
contact@nasoo.org
nasoonews@gmail.com

ड्रिम सिकर मल्टीप्रपोज पा.लि. द्वारा संचालित रेजिस्ट्रेसन नम्बर : २४४९७०/०७७/०७८          सुचना विभाग दर्ता नं : २३१५/०७७-७८                                                                        प्रबन्ध निर्देशक :- अमर नाथ योगी 
व्यवास्थापक :- लंक नाथ योगी
प्रधान सम्पादक :- मान बहादूर कुँवर

संवाददाताहरु :- सपना रावत, रबिन्द्र शाही, दिपक बुढ्थापा
क्यामेरा म्यान:- सोलोमन नाथ योगी        कानुनी सल्लाहकार :- अधिवक्ता अनिता      तिमल्सिना

सामाजिक संजाल