२०७९ साल जेठ ७ गते शनिवार

राष्ट्रिय स्वास्थ्यकर्मी संघ जुम्लाले बुझायो १५ बुदे ज्ञापन पत्र

९ माघ, जुम्ला । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल जुम्लाले विभिन्न १५ बुदे माग सहित ज्ञापन पत्र बुझाएका छन् । बढ्दो कोभिड - १९ महामारी बिच स्वास्थ्यकर्मीले जोखिम मोलेर भएपनि काम गरिरहेको भन्दै आज जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र बुझाएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार कोभिड - १९ को विश्वव्यापी महामारीको तेस्रो लहर समुदाय स्तरमा फैलिन गई परिक्षण गरिएका मध्य करिब ४५% केसहरु पोजेटिभ देखा परेको छ । नेपालमा हालसम्म कोरोना संक्रमणले करिब ११,६२४ भन्दा बढीको मृत्यु भइसकेको छ । समयमै यसको रोकथाम र न्यूनीकरणमा सबै पक्ष एकजुट भएर नलाग्ने हो भने झन् ठूलो संख्यामा मानवीय, आर्थिक र सामाजिक क्षती मुलुकले बेहोर्नुपर्ने देखिन्छ, ज्ञापन पत्रमा भनिएको छ ।


ज्ञापन पत्रमा स्वास्थ्यकर्मीको विमा, कोरोना संक्रमितहरुको निशुल्क उपचार, उचित आइसोलेसनको व्यवस्था, आवश्यक तालिमको व्यवस्था, करारमा काम गरिरहेका स्वास्थ्यकर्मीको म्याद थप लगायाका माग गरिएको छ । यस्तै, नेपाल सरकारले कोभिड - १९ महामारीमा खटिने स्वास्थ्यकर्मीलाई दिने भनिएको जोखिम भत्ता हालसम्म पनि पूरा नदिएकाले तुरुन्त दिन माग गरेका छन् । 

पुस मसान्तसम्म कुल जनसंख्याको २/३ लाई पुर्ण खोप र चैत मसान्तसम्म सबै नागरिकलाई पुर्ण खोप दिने भन्ने नेपाल सरकारको प्रतिबद्धता अनुरुप कार्य नभएकोले तत्काल विशेष योजना सहित छिटोभन्दा छिटो आमनागरिकलाई कोभिड - १९ विरुद्धको खोपको व्यवस्था गर्न ध्यानाकर्षण पनि गरिएको छ ।

प्रतिक्रिया