२०७८ मङ्सिर २३ बिहिबार

जब सडकमा डलरको वर्षा भयो ...

Nasoo -   नासो संवाददाता || २०७८ मङ्सिर ६ सोमबार

मंसिर ६, एजेन्सी । अमेरिकाको एउटा राजमार्गमा एउटा बख्तरबन्द गाडीबाट नोट झरेपछि टिप्नेको भिड लागेको विवरण सार्वजनिक भएको छ । 

नोट खसेर राजमार्ग र वरपरको हावामा उड्न थालेपछि सर्वसाधारणले आफुले चलाएको गाडी नै रोकेर पैसा टिपेको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । गाडी रोकेर पैसा टिप्न निस्कँदा केही घन्टा राजमार्ग अबरुद्ध भएको थियो ।

क्यालिफोर्नियाको सान डिएगो काउन्टीको एउटा राजमार्गमा गुडिरहेको गाडीबाट सडकमा नोट खसेको थियो । गुडिरहेको गाडीको ढोका बीच सडकमा खुल्दा नोटाका बिटा खसेका थिए । अधिकांश नोट दुईदेखि २० डलरका थिए । 


मानिसहरुले हतारमा खसेका रकम उठाएका देखिन्थे । अनधिकृत रुपमा नोट उठाएको भन्दै प्रहरीले केहीलाई गिरफ्तार गरेको छ । पैसा लिएर भागेकालाई फिर्ता गर्न प्रहरीले अनुरोध गरेको छ । घटनाबारे संघीय जाँच ब्यूरो (एफबीआई) ले जाँच गरिरहेको छ ।

प्रतिक्रियाह
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Tila-3, Jumla
+977-9843718173
nasoomarketing@gmail.com
contact@nasoo.org
nasoonews@gmail.com

ड्रिम सिकर मल्टीप्रपोज पा.लि. द्वारा संचालित रेजिस्ट्रेसन नम्बर : २४४९७०/०७७/०७८          सुचना विभाग दर्ता नं : २३१५/०७७-७८                                                                        प्रबन्ध निर्देशक :- अमर नाथ योगी 
व्यवास्थापक :- लंक नाथ योगी
प्रधान सम्पादक :- मान बहादूर कुँवर

संवाददाताहरु :- सपना रावत, रबिन्द्र शाही, दिपक बुढ्थापा
क्यामेरा म्यान:- सोलोमन नाथ योगी        कानुनी सल्लाहकार :- अधिवक्ता अनिता      तिमल्सिना

सामाजिक संजाल