२०७८ माघ १० सोमबार

चार दिन बितिसक्दा समेत मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् बिस्तार गर्न सकेनन्

Nasoo -   नासो संवाददाता || २०७८ कार्तिक १९ शुक्रबार

१९ कार्तिक, जुम्ला । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही मुख्यमन्त्री भएको चार दिन बित्दा समेत मन्त्रीमण्डल बिस्तार गर्न सकेका छैनन् । 

माओवादी केन्द्रमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग गत बैशाख महिनामा भएको सहमति अनुसार यही कात्तिक १५ गते मुख्यमन्त्री शाही कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए ।माओवादी केन्द्रका १२, कांग्रेसका ६ जना र नेकपा एकिकृत समाजवादीका ३ जना सांसदहरुले समर्थनमा शाही मुख्यमन्त्री बनेका हुन् । 


मुख्यमन्त्री भएकै दिन मन्त्रीपरिषद् विस्तार हुने अनुमान गरिएको भएपनि शाहीले राती साढे आठ बजे एक्लै मुख्यमन्त्रीको सपथग्रहण गरेका थिए । मुख्यमन्त्री शाहीले मुख्यमन्त्रीसहित २ मन्त्रालय आफुसँग राख्न चाहेका छन् । माओवादीले सबैभन्दा ठुलो दल भएका कारणले ४ मन्त्रालयको माग गरेको छ भने नेकपा एकिकृत समाजवादीले ३ मन्त्रालय मागेको छ ।


कर्णालीमा ४० प्रदेशसभा सदस्य भएका कारणले ८ जनाभन्दा बढी मन्त्रीमण्डलको विस्तार गर्न नपाउने तर, सत्ता गठबन्धनका दलहरुले मन्त्रालयको माग बढी गरेका कारणले मन्त्रीमण्डल विस्तार हुन ढिलो भएको हो । 


मुख्यमन्त्री शाहीले माओवादीलाई ३ मन्त्रालय, एकिकृत समाजवादीलाई २ मन्त्रालय र आफुसँग मुख्यमन्त्री सहित २ मन्त्रालय माग गरेका कारणले सरकार विस्तार ढिलाई भएको एकिकृत समाजवादीका एक सांसदले बताए ।

प्रतिक्रियाह
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Tila-3, Jumla
+977-9843718173
[email protected]
[email protected]
[email protected]

ड्रिम सिकर मल्टीप्रपोज पा.लि. द्वारा संचालित रेजिस्ट्रेसन नम्बर : २४४९७०/०७७/०७८          सुचना विभाग दर्ता नं : २३१५/०७७-७८                                                                        प्रबन्ध निर्देशक :- अमर नाथ योगी 
व्यवास्थापक :- लंक नाथ योगी
प्रधान सम्पादक :- मान बहादूर कुँवर

संवाददाताहरु :- सपना रावत, रबिन्द्र शाही, दिपक बुढ्थापा
क्यामेरा म्यान:- सोलोमन नाथ योगी        कानुनी सल्लाहकार :- अधिवक्ता अनिता      तिमल्सिना

सामाजिक संजाल