२०७८ मङ्सिर २३ बिहिबार

हुम्ला सदरमुकाम सिमकोटलाई सफा पारिँदै

Nasoo -   नासो संवाददाता || २०७८ मङ्सिर ७ मङ्गलबार

७ मंसिर, सिमकोट । हुम्ला सदरमुकाम सिमकोट बजार महिनौं दुर्गन्धित बनेपछि सरसफाइ अभियान थालिएको छ । 

‘जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना’ भन्ने नाराका साथ पर्यटन क्षेत्रमा संलग्न जनशक्तिलाई अल्पकालीन रोजगार कार्यक्रम सञ्चालन गरिएको छ । शनिबारदेखि जिल्ला सदरमुकाम सिमकोटमा सरसफाइ अभियान सञ्चालन भएको हो ।

सिमकोट गाउँपालिकाको कार्यालय अगाडीदेखि बजारका मुख्य चोकको ढल तथा बजार सरसफाइ गर्ने कार्य गरिएको छ । नेपाल टुरिजम, युएनडिपी, रेडियो नेपालको आयोजना र सिमकोट गाउँपालिकाको सहकार्यमा सरसफाइ कार्यक्रम गरिएको छ ।

हिमाली जिल्ला हुम्ला पर्यटकीय क्षेत्रको एक मुख्य गन्तव्य रहेको र विगतदेखि जिल्लामा पर्यटनको आवागमन तीव्र रहेकाले शनिबारबाट करिब एक महिनासम्म सिमकोट बजारमा सरसफाइ गरिने छ ।


हुम्लामा अधिकांश बेरोजगारी युवा युवतीलाई एक महिनासम्म रोजगार दिने गरी सरसफाइ अभियान थालिएको हो । सरसफाइ कार्यक्रममा सहभागी मजदुरले सिमकोटदेखि नाम्खा गाउँपालिकाको हिल्सा पदमार्ग लगायतका सडकहरूमा सरसफाइ गर्दै जाने भएको रेडियो नेपाल हुम्लाका सुपरभाइजर रिन्जीन लामाले बताए ।

प्रतिक्रियाह
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Tila-3, Jumla
+977-9843718173
nasoomarketing@gmail.com
contact@nasoo.org
nasoonews@gmail.com

ड्रिम सिकर मल्टीप्रपोज पा.लि. द्वारा संचालित रेजिस्ट्रेसन नम्बर : २४४९७०/०७७/०७८          सुचना विभाग दर्ता नं : २३१५/०७७-७८                                                                        प्रबन्ध निर्देशक :- अमर नाथ योगी 
व्यवास्थापक :- लंक नाथ योगी
प्रधान सम्पादक :- मान बहादूर कुँवर

संवाददाताहरु :- सपना रावत, रबिन्द्र शाही, दिपक बुढ्थापा
क्यामेरा म्यान:- सोलोमन नाथ योगी        कानुनी सल्लाहकार :- अधिवक्ता अनिता      तिमल्सिना

सामाजिक संजाल