२०७९ साल जेठ ७ गते शनिवार

कर्णालीमा जनता समाजवादीको दुई दिने सुज अभियान सम्पन्न

१८ भदौ, सुर्खेत । जनता समाजवादि पार्टी ,नेपाल केन्दिय समितिकाे आयोजना र कर्णाली प्रदेशकाे व्यवस्थापनमा भदौ १७ र १८ गते २ दिनसम्म सुज अभियान अन्तर्गत सगठन सुदृढिकरण प्रशिक्षण र सगठन विस्तार बारे व्यापक छलफल भई आज कार्यक्रम सकिएकाे छ ।

प्रशिक्षणमा पार्टीका केन्दिय कार्यकारि समिति सदस्य तथा प्रमुख अथिति सभासद महेन्द राय यादवले निर्वतमान  केपि ओलीको नेतृत्वमा वनेकाे बहुमतकाे सरकार आफ्नै पार्टी  भित्रकाे आन्तरिक विवादलाई साम्य पार्ने निहुँमा  गैर सवैधानिक, गैर लाेकतानत्रिक तरिकाले दुईदुई पटक संसद विघटन गरि गणतन्त्र, लाेकतन्त्र र जनताका प्रतिनिधिले सविधानसभाबाट बनाएको संविधानको हत्या गर्न थाले पछि जसपाले सवै भन्दा पहिले ओलि सरकारका प्रतिगमनकारि सबै खाले हर्कतहरुकाे विराेध सदन र सडक तथा पार्टीका  विभिन्न माेर्चाबाट गरिएकाे स्मरण गराउदै, ओलिका ती प्रतिगमनकारि र सर्वसत्तावादि साेचका विरुद्व अग्रमनकाे जित र प्रतिगमनकाे अदालतदेखि अन्य सबै माेर्चामा जित भएकाे कुरा वताउदै अगाडि नेता यादवले बताउनुभयो । 

पुन: प्रतिगमन नदाेरियाेस भन्ने उद्वेश्य राखि अग्रगमनका पक्षधर पार्टीहरुसग सरकार देखि आगामी स्थानिय निर्वाचनदेखि सङघ र प्रदेशकाे निर्वाचनसम्म गठबन्धन गरेर जाने वताउनु भयाे ।त्यस्तै गरि पार्टी सरकारमा गएमा कर्णाली लगायत विकट जिल्लाका समास्य समाधान गर्न पार्टीले सहयाेग गर्न कुनै पनि कसर बाकि नराख्न कार्यक्रममा बताउनु भयाे। 

अर्काे प्रसंगमा नेता यादवले शुरुमा ओलि प्रतिगमनमा लागेका महन्थ ठाकुर समूह दाेस्राे पटककाे संसद विघटनसगसगै ओलि प्रतिगमनका मतियार बन्न पुगे, उहाँहरु अहिले केही सीप नलागे पछि  चाेईटिएर अलग पार्टी दर्ता गर्नु भएकाे छ, उहाँहरुबाट अझै पनि सजक र सचेत सुझाउनु भयाे । 

पुर्व सांसद तथा अर्का कार्यकारी सदस्य तथा कार्यक्रमका विशेष अथिति नवराज सुवेदिले कुनै पनि पार्टी विचार, विधि, विधान, निर्णय अनुसार चल्नु पर्न र त्यस्ताे कुनै प्रक्रिया नअपनाई महन्थ समूह ओलि प्रतिगमनका मतियार आफै बन्नु भयाे, अन्तयमा आफै पतन हुनुभयाे । अब पार्टीलाई विचार, सिद्वान्त र पद्वतिमा चलाएर पार्टीलाई एक नम्बरकाे वैकल्पिक शक्ति निर्वाचनमा निर्णायक दलकाे रुपमा बनाउनु पर्ने धारणा राख्दै नेता सुवेदिले बताउनुभयो । अगाडि थप्नु भयाे, अझै पनि विचार, सिद्वान्त र एजेन्डा मिलाएर बृहत् पार्टी  ध्रुविकरणकाे पहल भई रहेकाे बताउनु भयाे ।


कार्यक्रममा अन्य विशेष अथिति दुर्गा साेव, शिवलाल थापा र भक्त बहादुर शाहले आआफ्ना  धारणाहरु पार्टी  विचार, सिद्वान्त सबै पार्टी पङ्ती लाग्नु पर्ने बताउनु भयो । दाेस्राे दिन भान्द प्रदेश समितिका अध्यक्ष देविकृष्ण न्याैपानेकाे अध्यक्षमा बसेका केन्द्रिय सदस्य, जिल्ला पदाधिकारी, सदस्य, जिल्ला अध्यक्ष लगायत सहभागी बैठकले प्रदेश समिति विस्तार गर्दै कर्णाली प्रदेशका दशै जिल्लामा असोज सात हप्ता भित्र जिल्ला सस्तरिय सुज अभियान सञ्चाल गरिने लगायत देशका समसामयिक विषयमा निर्णय गरिएकाे कुरा केन्द्रीय सदस्य नरेन्दनाथ याेगिले वताउनु भयाे ।

प्रतिक्रिया