२०७८ माघ १० सोमबार

१४ मंसिरमा कर्णालीका मुख्यमन्त्री शाहीले विश्वासको मत लिने

Nasoo -   नासो संवाददाता || २०७८ मङ्सिर ४ शनिवार

४ मंसिर, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री नियुक्त भएको एक महिनापछि मुख्यमन्त्री शाहीले विश्वासको मत लिने भएका हुन् । मुख्यमन्त्री शाहीले विश्वासको प्रयोजनका लागि १४ मंसिरमा  कर्णाली प्रदेशसभाको बैठकको आह्वान गरिएको छ ।

प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि १४ मंसिरमा प्रदेशसभा अधिवेशन आह्वान गरेका हुन् ।  प्रदेशसभा सचिवालयले १४ मंसिर दिउँसो १ बजे बैठक बोलाइएकाले उपस्थितिका लागि सबै सदस्यलाई सूचित गरिएको कर्णाली प्रदेशसभा सचिवालयका निमिक्त सचिव तेजप्रकाश जोशीले जानकारी दिए । 

शाही १६ कात्तिकमा मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री भएको लामो समयसम्म पनि शाहीले मन्त्रीमण्डलको पूर्णता दिन सकेका छैनन् । मुख्यमन्त्री भएको १४औँ दिनमा नेकपा (एकीकृत समाजवादी)का चन्द्रबहादुर शाहीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरेका थिए । 

शाही मन्त्री नियुक्त भए पनि सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाडका विषयमा कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । नेकपा माओवादी केन्द्र, नेपाल कांग्रेस र नेकपा (एकीकृत समाजवादी)को सत्ता गठबन्धन रहेको कर्णाली प्रदेश सरकारमा माओवादी चार मन्त्री, एकीकृत समाजवादीले तीन मन्त्रालय माग गरिरहेको छ । 

मुख्यमन्त्री शाहीले कांग्रेसलाई मुख्यमन्त्रीसहित चार मन्त्रालय आफूसँगै राख्न खोजेका छन् भने माओवादीले सबैभन्दा ठुलो दल भएका कारणले चार मन्त्रालय माग गरिरहेको छ । एकीकृत समाजवादीले विगतको सम्झौता अनुसार तीन मन्त्रालय पाउनु पर्ने माग गरेको छ । 

प्रतिक्रियाह
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Tila-3, Jumla
+977-9843718173
[email protected]
[email protected]
[email protected]

ड्रिम सिकर मल्टीप्रपोज पा.लि. द्वारा संचालित रेजिस्ट्रेसन नम्बर : २४४९७०/०७७/०७८          सुचना विभाग दर्ता नं : २३१५/०७७-७८                                                                        प्रबन्ध निर्देशक :- अमर नाथ योगी 
व्यवास्थापक :- लंक नाथ योगी
प्रधान सम्पादक :- मान बहादूर कुँवर

संवाददाताहरु :- सपना रावत, रबिन्द्र शाही, दिपक बुढ्थापा
क्यामेरा म्यान:- सोलोमन नाथ योगी        कानुनी सल्लाहकार :- अधिवक्ता अनिता      तिमल्सिना

सामाजिक संजाल