२०७८ माघ १० सोमबार

नेकपा एमाले कालिकोटको अध्यक्षमा पाण्डे विजयी

Nasoo -   नासो संवाददाता || २०७८ पुस ३० शुक्रबार

३० पुस, कालिकोट । नेकपा एमाले कालिकोटको अध्यक्षमा खाँडाचक्र नगरपालिकाका मेयर जसीप्रसाद पाण्डे विजयी भएका छन् ।

उनका प्रतिदन्दि रमेश कुमार शाहीलाई भारी मतान्तरका बिच अध्यक्षमा पाण्डे निर्वाचित भएका हुन् । अध्यक्षमा पाण्डेले ४ सय ३३ र रमेश शाहिले २९७ मत ल्याए । यस्तै, संस्थापन समुहबाटै उपाध्यक्षमा युवा नेता दयाराम सिम्खाडा भारी मतले बिजयी भएका छन् भने, उनका प्रतिद्वन्द्वी अलीबहादुर शाहीे पराजित भएका छन् । सचिवमा टेकबहादुर बुढा, उप सचिवमा व्यासी तिरुवा र मनराज शाही विजयी भएका छन् ।

नेकपा एमालेको ९ औँ जिल्ला अधिवेशनमा उपाध्यक्षमा निर्वाचित रमेश कुमार शाही नेकपा फुटिसकेपछी एमाले विरुद्धमा लागेका दश भाइ सुमहमा थिए । नेकपा बिचको किचलोलाई अदालतले पुरानै पार्टीमा फर्काइसकेपछी उपाध्यक्ष शाही नेकपा एमालेमै लागेका हुन् । उनी संगै पुराना नेता भरतराज धिताल,एैनबहादुर शाही कमल कुमार शाही लगायतका नेताहरु एमालेमै लागेका थिए ।

एमाले छोडेर माधव नेपालको नेतृत्वमा बनेको एकिकृत समाजवादी पार्टी गठन भइसकेपछी केही मात्रामा कमजोर बनेको एमालेमा जिल्लाको नेतृत्व सर्वसहमतीमा छान्ने प्रयास भएपनी अन्तत सहमतीमा नेतृत्व आउन नसक्दा चुनावमा जान परेको थियो । अध्यक्ष पदमै ५ जनाको दावि रहेपनी अन्तत सहमतीमा दुई जना चुनावमै भिड्ने भएका थिए । अध्यक्षमा प्रत्यासी दयाराम सिम्खाडा, धिरबहादुर बम, तुलाराज मल्ल, जसीप्रसाद पाण्डे र रमेश कुमार शाही रहेका थिए ।


चुनावी मैदानमा जानै पर्ने अवस्था आएपछी पार्टी इन्चार्जको समुहबाट अध्यक्षमा जसीप्रसाद पाण्डे, उपाध्यक्षमा दयाराम सिम्खाडा, सचिवमा टेकबहादुर बुढा, उप सचिवमा व्यासी तिरुवा र मनराज शाही रहेका थिए ।

अर्का उम्मेदवार रमेश शाहीको समुहबाट उपाध्यक्ष अलीबहादुर शाही, सचिव पार्वती सिंह, उप सचिवमा जनकहादुर शाही र पुर्णप्रसाद उपाध्याय चुनावी मैदानमा भिडेका थिए । खाँडाचक्र, पलाँता, र तिलागुफा नगरपालिका वाहेक अरु सवै पालिकामा भुगोल जिल्ला कमिटि सदस्य सर्वसहमती भइसकेका छन् ।

प्रतिक्रियाह
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Tila-3, Jumla
+977-9843718173
nasoomarketing@gmail.com
contact@nasoo.org
nasoonews@gmail.com

ड्रिम सिकर मल्टीप्रपोज पा.लि. द्वारा संचालित रेजिस्ट्रेसन नम्बर : २४४९७०/०७७/०७८          सुचना विभाग दर्ता नं : २३१५/०७७-७८                                                                        प्रबन्ध निर्देशक :- अमर नाथ योगी 
व्यवास्थापक :- लंक नाथ योगी
प्रधान सम्पादक :- मान बहादूर कुँवर

संवाददाताहरु :- सपना रावत, रबिन्द्र शाही, दिपक बुढ्थापा
क्यामेरा म्यान:- सोलोमन नाथ योगी        कानुनी सल्लाहकार :- अधिवक्ता अनिता      तिमल्सिना

सामाजिक संजाल