२०७८ माघ १० सोमबार

उपल्लो डोल्पाको पोम्जोक डाँडामा मोबाइल टावर राखेसँगै सेवाग्राहीलाई सुविधा

Nasoo -   नासो संवाददाता || २०७८ असोज ८ शुक्रबार

८ असोज, डोल्पा । उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका अन्तर्गत पर्ने पोम्जोक डाँडामा नमस्ते सेवाको मोवाइल टावर निर्माण गरिएको छ । नेपाल टेलिकमको प्राविधिक समुहले भदौ अन्तिम साता टावर निर्माणकार्य सम्पन्न गरेको हो । 

टावर निर्माण भएपछि नमस्तेको फोन सेवा सुचारु भएको छ । टावर बनेपछि शे–फोक्सुण्डो गाउँपालिकाको वडा नं १ मा पर्ने निजाल, लुरी, कोमास लगायतका ग्रामिण बस्तीहरु सञ्चारको पहुँचमा जोडिएका हुन् । उक्त टावरले डोल्पोबुद्ध गाउँपालिका अन्तर्गत वडा नं ६ मा पर्ने सिमेन, फालमा समेत सेवा दिन सुरु गरेको प्राविधिक टोलीले जनाएको छ ।

मोवाइल टावर उद्घाटन समारोहका उपस्थित डोल्पाली दुईवटै स्थानीय तहको लगानीमा टावर निर्माण गरिएको शे–फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष टसीटुण्डुप गुरुङ्गले जानकारी दिए । टावर निर्माणका लागि आफ्नो गाउँपालिकाले मात्रै दश लाख रकम लगानी गरेको गुरुङ्गले बताए । यो टावर बनेसँगै उपल्लो डोल्पाका ८० प्रतिशत ग्रामिण गाउँबस्तीहरु सञ्चारको पहुँचमा जोडिएको उनको भनाई छ ।

जिल्लाकै विकट क्षेत्रको रुपमा रहेको उपल्लो डोल्पामा टावर बनेर सेवा सुरु भइसकेको शे–फोक्सुण्डो गाउँपालिका वडा नं १ का अध्यक्ष जिग्मे बुढाले बताए । यस अघि टेलिफोन सेवाको अभावमा कष्टकर जीवन बिताउँदै आएका नागरिकहरु अहिले घरमै बसेर देश तथा विदेशमा खबर आदान प्रदान गर्न पाउँदा खुशी भएको अध्यक्ष बुढाले उल्लेख गरे ।

उपल्लो डोल्पासम्म सडक बिस्तार नभएकाले टावरका सम्पुर्ण सामानहरु हेलिकप्टर चार्टर गरेर उपल्लो डोल्पा पुर्याइएको स्थानीय तहले जनाएका छन् । यसरी हेलिकप्टर चार्टर गरेर सामान लैजाँदा सामान भन्दा पनि ढुवानी भाडा महंगो पर्ने गरेका उपल्लो डोल्पाबासीको गुनासो छ ।

प्रतिक्रियाह
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Tila-3, Jumla
+977-9843718173
[email protected]
[email protected]
[email protected]

ड्रिम सिकर मल्टीप्रपोज पा.लि. द्वारा संचालित रेजिस्ट्रेसन नम्बर : २४४९७०/०७७/०७८          सुचना विभाग दर्ता नं : २३१५/०७७-७८                                                                        प्रबन्ध निर्देशक :- अमर नाथ योगी 
व्यवास्थापक :- लंक नाथ योगी
प्रधान सम्पादक :- मान बहादूर कुँवर

संवाददाताहरु :- सपना रावत, रबिन्द्र शाही, दिपक बुढ्थापा
क्यामेरा म्यान:- सोलोमन नाथ योगी        कानुनी सल्लाहकार :- अधिवक्ता अनिता      तिमल्सिना

सामाजिक संजाल