२०७८ मङ्सिर २३ बिहिबार

जँगली परम्परा ः अपहरण गरि श्रीमती बनाइदै कर्णालीका चेली

Nasoo -   Main Editor || २०७७ असोज २६ सोमबार

जुम्लामा चेलीलाई अपहरण शैलीमा तानेर ईच्छा विपरित विवाह गर्ने परम्पराको अझै अन्त्य हुन सकेको छैन । जिल्लाको पातारासि गाउँपालिकामा यस कुप्रथाले अझै निरन्तरता पाइरहेको छ । करिव चार महनिा अघि पातारासि ३ को महरि गाउँकी किशोरी लाई तानेर घरमा लिई श्रीमती बनाईयो । त्यसको दुई महिना पछि पातारासी ३ हुरि गाउँबाट पातारासी २ तल्फीका युवाले जर्बजस्ती तानेरै श्रीमती बनाएको पातारासि ३ छुमका स्थानीय राजेन्द्र बोहोराले बताए । मौका छोपेर अपहरण शैलीमा घर लिने, अनि बलात्कार गरेर आफ्नी श्रीमति बनाउने यो कुप्रथाले महिला अधिकारको खील्ली उडेको उनले बताए । यसरी बनेका बैवाहिक सम्बन्ध नटिक्ने, सम्बन्ध बिच्छेद हुने गरेको उनको भनाई छ । केटाले जुन केटिलाई राम्रो मान्यो उसलाई जर्बजस्ती श्रीमती बनाउन पाउने यो जँगली परम्पराको अन्त्य हुनु पर्ने उनको धारणा छ । हालै पातारासि गाउँपालिका वडा नम्वर ३ छुम गाउँकी एक चेलीलाई अपहरण गरेर जर्बजस्ती श्रीमति बनाउने प्रयास गरिएको छ । अहिले आफ्नो माइतीघरमा बसेकी उनी आफुमाथी हिंसा गर्ने लाई कार्वाही हुनु पर्ने बताउन्छन् । प्रहरीले समेत आफुलाई राजी खुसी भएरै विवाह गरेको भन्न दबाव दिएको उनको आरोप छ ।

घटना यसरी भएको थियो

असोज महिनाको १० गते बेलुका ५ बजे पातारासि ३ छुम गाउँकी १९ वर्षिया सपना बोहोरा (परिवर्तित नाम ) आफ्नो घर फर्कदै थिईन । एक्कासी छिमेकि गाउँका डिल बहादुर बोहोरा आएर उनलाई कता जान लागेको भनेर सोधे, उनले जवाफ मा घर जादैछु भनिन । केहिबेर पछि डिल बहादुर बोहोरा सहित ५÷६ जनाको समुहले तानेर लिने प्रयास गरे, सपना ले प्रतिकार गर्ने प्रयास गरिन, तर सकिनन् । उनिसँगै हिंडेका गाउँका भतिजोलाई पनि समात्ने प्रयास भयो तर उनि भागेर घर पुग्न सफल भए । सपना ले ढुँगाले प्रतिकार गर्ने प्रयास गरिन, तर उनिहरुको सामु उनको केहि लागेन । धेरै चिच्याउन थालेपछि सपना को गाउँलेले थाहा पाउन सक्छन् भन्दै उनलाई नदि कटाएर टाढै पुर्याईयो । राति ८ बजे उनलाई डिलबहादुर को टोलीले गाउँ पुर्यायो र अर्कैको घरमा राखियो । अर्को दिन भरि अर्कैको घरभित्र सपना र डिल बहादुरलाई थुनियो । तिन दिन पछि डिल बहादुर को घरमा सपना लाई जर्बजस्ती भित्र्याइयो । उनले धेरै पटक भाग्ने प्रयास गरिन तर सफल भइनन । ‘मेरो डिल बहादुर सँग न प्रेम थियो, न कुनै भेट भएको थियो, मलाई जर्बजस्ती तानेर मेरो जीन्दगी बर्बाद पारियो ।’ सपनाले भनिन । सपनाको साथ बाट भागेर गाउँपुगेका बालकले उनका दाईलाई खबर गरेपछि बहिनि खोज्न हिंडे, बहिनिलाई श्रीमति बनाउन खोज्नेको घरमा पुगे तर कसैलाई देखेनन् । ‘बहिनीलाई जर्बजस्ती बोकेर गाउँभन्दा धेरै टाढा लिइसकेका रहेछन्, मैले भेटाउन सकिन ।’ सपनाका दाई डिल्लि बोहोराले भने । ‘भोलि पल्ट गाउँका जान्ने बुझ्ने चार जना गाउँले लिएर फेरि त्यहि घरमा पुगें, दिनभरी सकडमा उभ्याए, बहिनि देखाउ ,उ खुसि छ कि छैन ? सोध्छु भन्दा देखाएनन् ।’ राति ४ बजे प्रहरीलाई खबर गरेपछि प्रहरी पनि पुग्यो, तर केहि गरेन । भोलि पल्ट १० बजे उनकी बहिनिलाई गाउँ छेवैको चौरमा देखाउने, अनि छलफल गर्ने भनियो । भोलि पल्टपनि बहिनी लिएर आएनन् । बरु वडा वडा अध्यक्ष कन्न बोहोरा पुगेर आफुलाई गाउँपालिकामा काम छ, भोलि आठ बजे छलफल गरौला भन्दै फर्किए । 

प्रहरि र वडा अध्यक्षले नै गरे अन्याय 

पातारासि ३ का वडा अध्यक्ष कन्न बोहोरा को उपस्थितिमा केटि पक्ष र केटा पक्ष बिच केटिले खुसि छु, भने केटाले लिने र छैन भनेपछि माईतीले लिने भन्ने सम्झौता भयो । जबकी केटिलाई केटापक्षले जर्बजस्ती उठाएर लिएका थिए, उता केटिलाई घरभित्र थुनेर खुसी छु भन्नु भनेर दावब दिइयो, यता माईती लाई अलमल्याइयो । प्रहरिले केटिलाई खुसी छु भन्नु, नत्र दुवैजनालाई चौकिमा लिन्छौ भनेर दवाव दिएको पिडित सपनाले बताईन । यसमा प्रहरिको भुमिका बारे डिल्लीचौर प्रहरिचौकि का असई कृष्ण शाहलाई सोध्दा सुरुमा यो घटनाबारे आफुलाई जानकारि नै नभएको गैरजीम्मेवार जवाफ दिए । पछि उनले यसबारे उजुरी पनि नपरेको बताए । तर स्वयम उनी गाउँमा पुगेको स्थानीयले जानकारि दिएका छन् । सम्झौता अनुसार सपानालाई खुसी या बेखुसी बारे सोध्न केटा पक्ष र केटि पक्ष को सामु ल्याईयो उनी अचेत थिईन । पछि केटा पक्षले पुन बोकेर लिन खोजेपछि असई राजेन्द्र शाहिलाई रोक्न अनुरोध गर्दा उनीहरुले लिईसके म के गरौं भन्ने जवाफ दिएको सपनाका दाई डिल्लि बोहोरा बताउनछन् । खुसी भएर नबसे भारत पुर्याउने केटा परिवार बाट धम्की आएपछि उनि अहिले माइती घरमा .बसेकि छन् । ‘आफुलाई केटाको घरमा पठाए आत्म हत्या गर्छु भन्छे ।’ सपनाकि आमा झुपु बोहोराले भनिन । अहिले सपना आफुलाई अन्याय गर्ने माथि कार्वाही हुनु पर्ने अडानमा छिन् । उनले भनिन् ‘ बरु मर्छु त्यो घरमा जान्न, अरुले बेइज्जत हुने डरले सहेर बसिन, म यो कुप्रथा अन्त्य भएको हेर्न चाहन्छु ।’ 




प्रतिक्रियाह
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Tila-3, Jumla
+977-9843718173
[email protected]
[email protected]
[email protected]

ड्रिम सिकर मल्टीप्रपोज पा.लि. द्वारा संचालित रेजिस्ट्रेसन नम्बर : २४४९७०/०७७/०७८          सुचना विभाग दर्ता नं : २३१५/०७७-७८                                                                        प्रबन्ध निर्देशक :- अमर नाथ योगी 
व्यवास्थापक :- लंक नाथ योगी
प्रधान सम्पादक :- मान बहादूर कुँवर

संवाददाताहरु :- सपना रावत, रबिन्द्र शाही, दिपक बुढ्थापा
क्यामेरा म्यान:- सोलोमन नाथ योगी        कानुनी सल्लाहकार :- अधिवक्ता अनिता      तिमल्सिना

सामाजिक संजाल