२०७८ माघ १० सोमबार

उपाध्यक्षका श्रीमानद्धारा प्रमुख प्रशासकिय अधिकृत माथि हातपात, कामकाज ठप्प

Nasoo -   Sapana Rawat || २०७८ मङ्सिर १७ शुक्रबार

१७ मंसिर, जुम्ला । तातोपानी गाउँपालिका जुम्लाका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद धिताल माथि कार्यकक्षमै आक्रमणका साथै हातपात भएको छ । तातोपानी गाउँपालिका जुम्लाका उपाध्यक्ष गंगादेवि उपाध्यायका श्रीमान लक्ष्मी प्रसाद उपाध्यायले हातपात गरेका हुन् ।

प्रक्रिया नपुगेको योजनाको भुक्तानि माग्न खोज्दा सो विषयमा विवाद उत्पन्न गरी प्रमुख प्रशासकिय अधिकृत धिताल माथि आक्रम भएको भन्दै तातोपानी गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरुले विज्ञप्ती जारी गर्दे घटनाको भत्सर्ना गरेका छन् । गौतमवाडामा निर्माण भएको सोलार स्टोरको जग्गा पास नभएसम्म रकम दिन्न भन्दा विवाद भएको धितालले जानकारी दिए । सांसद विकास कोषको रकमबाट व्यक्तिको जग्गामा भवन निर्माण भएको धितालको भनाइ छ । 

साथै उपाध्यक्ष स्वयमले आफु कार्यवाहक अध्यक्ष भएकाले आफ्नो आदेश अनुसार हालका मितिदेखि कार्यालयमा उपस्थित नहुन धम्कि दिएको विषयप्रति कर्मचारीहरुले आपत्ति जनाएका छन् । प्रमुख प्रशासकिय अधिकृत लगायत अन्य कर्मचारीलाई काम गर्ने वातावारण नभएकाले मंसिर १९ गते आईतबार देखि सो विषयमा विवाद टुंगो नलागेसम्मका लागि कार्यालयका सम्पूर्ण काम कारबाही नहुने विज्ञप्तिमा लेखिएको छ । कर्मचारीहरुको अनुपस्थितमा प्रत्यक्ष रुपमा सर्वसाधारणमा पर्न जाने असुविधा प्रति कर्मचारीहरुले क्षमा समेत मागेका छन् । 

यता उपाध्यक्ष गंगादेवि उपाध्यायले गाउँपालिको कमकाजको सिलसिलामा कार्यालयमा गएको बेलामा मुख्यमन्त्री कार्यक्रम र सांसद बिकास कोषको रकम आफु अनुगमन समितिको संयोजकको नाताले रिपोर्ट दिदा पनि उपभोक्तालाई रकम नदिएर दुख दिने गरेको बताइन् । सोलार स्टोरको रकम विना अनुगमन उपभोक्ताको खातामा हालि बैँकलाई चिठी लेखी खाता बलक गर्न लगाएको उनको भनाइ छ । 


उक्त रकम महालेखा परिक्षण आएको बेला जागिरको डरले उपभोक्तालाई फकाई योजनाबाट घटेको पैसा फिर्ता गर्न लगाएको भन्दै उनले हिजोआज उपभोक्ताले खाता फुकुवा गरिपाउँ भन्दा पनि प्रमुख प्रशासकीय अधिकृतले नमानेर रकम अट्काइराखेको बताइन् । 

एक बर्ष अगाडि योजनाको रिपोर्ट दिदा पनि अहिलेसम्म नियतबस प्रमुख प्रसाशकिय अधिकृत धिताल, योजना शाखा, लेखा शाखा, प्राबिधिक शाखाको मिलोमतोमा अनुगमनको रिपोर्ट नआएको भन्दै अट्काउने काम भएको उनको आरोप छ । प्रमुख प्रशासकिय अधिकृतले सधैं कानुका कुरा गर्ने तर आफ्नो मन परेको ठाउको योजनाको भुक्तानि दिने गरेको उनको आरोप छ । 


यसअघि गिडिखोला खानेपानीको मुहान दर्ता नै नगरेर सम्झौता गरि पेस्की गएको छ । प्रमुख प्रशासकिय अधिकृतले श्रीमानको पक्ष लिर बोल्न आउने भनेर म उपाध्यक्ष माथि धम्कीपूर्ण भाषा बोलि हातपात गरि रहेको बेलामा अन्य कर्मचारी गोपिकृष्ण पाण्डे, ओमबहादुर चन्द, ऋषि केस उपाध्याय लगायतका कर्मचारीहरू मुख दर्शक बनेर हेरीराखेका बेलामा आफ्ना श्रीमानले मेरा सुरक्षाको लागि उठेकै हो । 

'हाकिमले मलाई अपहेलित गरेको कारण मैले हाकिमलाई समातेकै हो । तर हामीले हातपात गरेका छैनौं', उनले भनिन् । अब मलाई कर्मचारीहरूले अपहेलना गरेर कार्यालयमा नै म उपाध्यक्ष माथि हातपात गरेको कारण मेरो पदको मानहानि गरेकाले अदालत जाने समेत उनले बताएकी छन् ।

प्रतिक्रियाह
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Tila-3, Jumla
+977-9843718173
nasoomarketing@gmail.com
contact@nasoo.org
nasoonews@gmail.com

ड्रिम सिकर मल्टीप्रपोज पा.लि. द्वारा संचालित रेजिस्ट्रेसन नम्बर : २४४९७०/०७७/०७८          सुचना विभाग दर्ता नं : २३१५/०७७-७८                                                                        प्रबन्ध निर्देशक :- अमर नाथ योगी 
व्यवास्थापक :- लंक नाथ योगी
प्रधान सम्पादक :- मान बहादूर कुँवर

संवाददाताहरु :- सपना रावत, रबिन्द्र शाही, दिपक बुढ्थापा
क्यामेरा म्यान:- सोलोमन नाथ योगी        कानुनी सल्लाहकार :- अधिवक्ता अनिता      तिमल्सिना

सामाजिक संजाल