२०७८ माघ १० सोमबार

बाँकेमा फेरि बाघले लियो एक महिलाको ज्यान

Nasoo -   नासो संवाददाता || २०७८ पुस २४ शनिवार

२४ पुस, बाँके । बाँकेमा शनिबार फेरि बाघले एक महिलाको ज्यान लिएको छ । जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नं. ६ हवल्दारपुरकी ३२ वर्षीया चाँदनी थारुको पाटे बाघको आक्रमणबाट ज्यान गएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले माघीको लागि पात टिप्न भनेर बाँके राष्ट्रिय नजिकैको सामुदायिक वनमा पात टिप्न गएकी थारुको बाघले आक्रमण गरी ज्यान लिएको बताए । ‘६/७ जनाको संख्यामा महिलाहरू माघीको लागि पात टिप्न गएको समयमा केही बेरअघि थारुलाई झम्टिएर मारेको हो,’ एसपी अधिकारीले भने, ‘प्रहरी निरीक्षकसहित स्थानीयको टोलीले शव भेटाए पनि अझै शव जंगलमै छ ।’ 

थारुलाई पात टिप्न गएको समूहकै बीचबाट झम्टिर बाघले लगेपछि अन्य मानिसहरू भागेर ज्यान जोगाउन सफल भएको एसपी अधिकारीले बताए । घटनास्थलमा पाटे बाघको पाइलाहरू देखिएको पनि उनले जानकारी दिए । दुई दिनअगाडि मात्रै बाघको आक्रमणबाट घाँस काट्न गएकी राप्ती सोनारी ४ की ५३ वर्षीया लिला विष्टको बाघको आक्रमणबाट ज्यान गएको थियो । उनको शव बाघबाट छुटाउन प्रहरीले  दुई राउन्ड हवाई फायर समेत गर्नुपरेको एसपी अधिकारीले सेतोपाटीलाई बताएका थिए। 

त्यसपछि शुक्रबार मात्रै राप्ती सोनारी ५ का बलबहादुर पुन बाघको आक्रमणबाट जोगिएका थिए । उनको एउटा बाख्रो बाघले झम्टिएर लगेको थियो । त्यसभन्दा पहिले बुधबार मात्रै राप्ती सोनारी ६ बैजनाथकी ३० दुर्गा थारुलाई बाघले आक्रमण गरेको थियो । पात टिप्न गएकी उनी भने बाघले आक्रमण गरेपछि भिडेर जोगिन सफल भएकी थिइन् ।


दाङ जिल्लासँग सीमाना जुधेको राप्ती सोनारीमा भदौयता मात्रै चार जना सर्वसाधारणको बाघको आक्रमणबाट ज्यान गएको छ । बाघको आतंक बढेपछि सर्वसाधारण त्रसित छन् । स्थानीय मेलापात जान र रातिमा एक्लै शौचालय जान समेत डराउन थालेका छन् । 

बाँके राष्ट्रिय निकुञ्जको सीमावर्ती क्षेत्रमा पाटे बाघको झुण्ड नै रहेको यसअघि नै राष्ट्रिय निकुञ्जले जानकारी दिँदै आएको छ । मान्छे खान पल्केको बाघलाई नियन्त्रणमा लिनका लागि पाडो राखे पनि बाघ भने त्यो खान नआएपछि नरभंक्षी बाघ नियन्त्रणमा लिने निकुञ्जको प्रयास विफल बनेको थियो ।

प्रतिक्रियाह
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Tila-3, Jumla
+977-9843718173
nasoomarketing@gmail.com
contact@nasoo.org
nasoonews@gmail.com

ड्रिम सिकर मल्टीप्रपोज पा.लि. द्वारा संचालित रेजिस्ट्रेसन नम्बर : २४४९७०/०७७/०७८          सुचना विभाग दर्ता नं : २३१५/०७७-७८                                                                        प्रबन्ध निर्देशक :- अमर नाथ योगी 
व्यवास्थापक :- लंक नाथ योगी
प्रधान सम्पादक :- मान बहादूर कुँवर

संवाददाताहरु :- सपना रावत, रबिन्द्र शाही, दिपक बुढ्थापा
क्यामेरा म्यान:- सोलोमन नाथ योगी        कानुनी सल्लाहकार :- अधिवक्ता अनिता      तिमल्सिना

सामाजिक संजाल