२०७८ माघ १० सोमबार

जयनगर–कुर्था रेलवेकाे पुनः लिक परीक्षण सफल, प्रधानमन्त्रीद्वारा उद्घाटन तयारी

Nasoo -   नासो संवाददाता || २०७८ पुस २५ आइतबार

२५ पुस, जनकपुरधाम । जयनगर–कुर्था रेलमार्ग परीक्षण सफल भएको छ । शनिबार जनकपुरधाम रेल्वे स्टेशन हुँदै भारतीय रेल कम्पनीका प्राविधिक टोली सहित जयनगर–कुर्था रेल लिक परीक्षण सफल भएको हो ।

रेलमार्ग परीक्षणको क्रममा नेपाल रेल्वे कम्पनीका महाप्रबन्ध निरञ्जन झाले जानकारी दिए । उनले रेलको अवस्था सबै ठीक रहेको बताउँदै परीक्षण सफल भएको जानकारी दिए । यसलाई छिट्टै सञ्चालनमा ल्याउन पाए दुवै देशको लागि फाइदा हुने उनले भने । केही ठाउँमा क्लिप चोरी भएको कुरालाई ध्यानाकर्ष पनि गराएका थिए ।

उनले उद्घाटनको मिति भने अहिले निश्चित नभएको दुबै देशको प्रधानमन्त्रीद्वारा रेल उद्घाटन गराउने जानकारी दिँदै समय मिलेपछि उद्घाटन गर्ने मिति तय गर्ने जानकारी दिए । परिक्षण टोलीमा धनुषाका प्रमुख जिल्ला अधिकारी सहितको सहभागिता रहेको थियो ।

साइट इन्जिनियर विनोद ओझाले पाँच महिनापछि आज रेलको इन्जिन स्टार्ट भएको बताए । ‘‘अहिले भारतीय पक्षले पनि रेल छिटो चलाउन चासो लिएपछि आज पुनः रेलको इन्जिन र रेलवे ट्रयाक परीक्षण गरिएको छ,’’ उनले भने । गत वर्ष असोजमा पनि रेल र ट्रयाकको परीक्षण गरिएको थियो ।


रेल्वेको १४ हजार क्ल्पि फेरि चोरिए

भारतको जयनगर देखि जनकपुरधामको कुर्था सम्म सञ्चालन हुने रेल्वे ट्रयाकको क्लिप पुनः चोरी भएको छ ।

यसअघि रेल्वे ट्रकका झण्डै १६ हजार क्लिप र नट चोरी भएका थिए । रेल्वे ट्रकको सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरीलाई दिइएको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले फेरि करिब १४ हजार क्लिप र त्यसमा लाग्ने नट चोरी भएको बताए ।

प्रहरी वा रेल्वेका कर्मचारीले चाहेर मात्रै रेलको सम्पती संरक्षण हुन नसक्ने भन्दै उनले भने, ‘चोरी भएका क्लिप पुनः भारतीय पक्ष लगाइदिने कुरा भएको छ ।

सन् २०१० मा नेपाल सरकार र भारत सरकारबीच जयनगर–विजलपुर–बर्दिवास रेल सेवा सञ्चालनका लागि सहमति भएको थियो । तर पहिलो चरणमा कुर्था–जयनगरसम्म मात्रै रेल सेवा सञ्चालनको तयारी भए पनि अझै सुरु हुन सकेको छैन ।

प्रतिक्रियाह
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Tila-3, Jumla
+977-9843718173
nasoomarketing@gmail.com
contact@nasoo.org
nasoonews@gmail.com

ड्रिम सिकर मल्टीप्रपोज पा.लि. द्वारा संचालित रेजिस्ट्रेसन नम्बर : २४४९७०/०७७/०७८          सुचना विभाग दर्ता नं : २३१५/०७७-७८                                                                        प्रबन्ध निर्देशक :- अमर नाथ योगी 
व्यवास्थापक :- लंक नाथ योगी
प्रधान सम्पादक :- मान बहादूर कुँवर

संवाददाताहरु :- सपना रावत, रबिन्द्र शाही, दिपक बुढ्थापा
क्यामेरा म्यान:- सोलोमन नाथ योगी        कानुनी सल्लाहकार :- अधिवक्ता अनिता      तिमल्सिना

सामाजिक संजाल