२०७८ मङ्सिर २३ बिहिबार

रातभर रुखमा बास, बिहान उद्धार

Nasoo -   नासो संवाददाता || २०७८ कार्तिक २ मङ्गलबार

२ कार्तिक, नेपालगञ्ज । दुई दिनदेखि लगातार परेको वर्षाका कारण राप्ती नदीमा आएको बाढीमा फसेका चारजनाको सकुशल उद्धार गरिएको छ । बाँकेकाे डुडुवा गाउँपालिका-४ का चारजना स्थानीय सोमबार बेलुका राप्ती नदीको बीच भागमा वनकरेली टिप्न गएका बेला पानीको सतह बढेपछि रातभर जंगलमै बस्नु परेको थियो ।

स्थानीय बासिन्दा नदीमा फसेको जानकारी पाएपछि पुगेका नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले मंगलबार बिहान ८ बजेर ४० मिनेटमा सकुशल उद्धार गरेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र बाँकेका सूचना ब्यवस्थापन अधिकृत रूपन ज्ञवालीले जानकारी दिए ।

‘उनीहरू बाढीमा फसेको हिजो नै जानकारी पाए पनि अँध्यारोका कारण उद्धार गर्न नसिकएकाले बिहानै उद्धार गरिएको हो,’ बाँकेका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले भने ।

राप्ती नदीमा फसेकामा डुडुवा गाउँपालिका-४ निवासी सोखत नाउ, सब्बिर खाँ, प्रमोद लोनिया र नाजिर खाँ हुन् । राप्तीको बाढीमा फसेका अन्य तीनजना भने सोमबार राति नै पौडी खेलेर नदी तर्न सफल भएको केन्द्रले जनाएको छ। बाढीमा फसेका चारैजनाले रूखमा चढेर रात बिताएका थिए ।

अविरल वर्षातका कारण राप्ती नदीमा पानीको सतह बढ्दै गएको छ । कुसुमस्थित बाढी मापन केन्द्रमा मंगलबार बिहान गरिएको मापनअनुसार राप्ती नदीको सतह ३ मिटर ४० सेन्टिमिटर पुगेकाे थयाे ।

प्रतिक्रियाह
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Tila-3, Jumla
+977-9843718173
[email protected]
[email protected]
[email protected]

ड्रिम सिकर मल्टीप्रपोज पा.लि. द्वारा संचालित रेजिस्ट्रेसन नम्बर : २४४९७०/०७७/०७८          सुचना विभाग दर्ता नं : २३१५/०७७-७८                                                                        प्रबन्ध निर्देशक :- अमर नाथ योगी 
व्यवास्थापक :- लंक नाथ योगी
प्रधान सम्पादक :- मान बहादूर कुँवर

संवाददाताहरु :- सपना रावत, रबिन्द्र शाही, दिपक बुढ्थापा
क्यामेरा म्यान:- सोलोमन नाथ योगी        कानुनी सल्लाहकार :- अधिवक्ता अनिता      तिमल्सिना

सामाजिक संजाल