२०७८ मङ्सिर २३ बिहिबार

जुम्लामा अविरल वर्षा : कटनीको मुखैमा वर्षात हुँदा पाकेको धानबाली नष्ट

Nasoo -   Sapana Rawat || २०७८ कार्तिक १ सोमबार

१ कार्तिक, जुम्ला । जुम्लामा कटनीको मुखैमा वर्षा हुँदा पाकेको धानबाली क्षति पुग्ने देखिएको छ । हिजो साझ देखि नै परेको पानीले खेतमा पाकेर थन्क्याउने बेला भएको धान बालीमा क्षति पुगे पछि यहाँका किसान चिन्तित भएका हुन् ।

दशै लगत्तै केही किसानले धान काटिसकेका छन् भने केही किसान आजभोलि नै धान काट्ने तयारीमा छन् । काटेर खेतमा सुक्न राखिएको धान कुहिने चिन्ताले सताएको तिला गाउँपालिका ३ कि छिता योगीले बताइन् । भित्र्याउने समयमा पानी परेर क्षति पुर्याएपछी किसानलाई निकै सास्ती हुने उनको भनाइ छ । धानलाई वर्षाले झार्नुका साथै काटेको धान कुहिने र बोट समेत ढलेका छन् ।


पानी परेसँगै जुम्लामा जाडो बढेको छ । लगातार पानी परिरहेकोले जुम्ला लगायतका हिमाली जिल्लाहरुमा हिउँ पर्ने सम्भावना बढेको छ स्थानिय लङ्क नाथ योगीले बताए । यसले पाकेको धान, सिमि लगायतका बालीमा ठूलो क्षति पुर्याउने देखिएको छ । 


यहि समयमा जुम्लामा घाँस पनि काटेर भित्र्याउने गरिन्छ । वर्षाले घाँस काट्न, बोक्न समस्या हुनुको साथै लगातार पानी परेमा घाँस कुहिने डर हुन्छ । लगातार पानी परिरहेकोले रोकिने वा कम हुने कुनै सङ्केत नदेखिदा किसान झनै चिन्तित भएका छन् । 

प्रतिक्रियाह
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Tila-3, Jumla
+977-9843718173
nasoomarketing@gmail.com
contact@nasoo.org
nasoonews@gmail.com

ड्रिम सिकर मल्टीप्रपोज पा.लि. द्वारा संचालित रेजिस्ट्रेसन नम्बर : २४४९७०/०७७/०७८          सुचना विभाग दर्ता नं : २३१५/०७७-७८                                                                        प्रबन्ध निर्देशक :- अमर नाथ योगी 
व्यवास्थापक :- लंक नाथ योगी
प्रधान सम्पादक :- मान बहादूर कुँवर

संवाददाताहरु :- सपना रावत, रबिन्द्र शाही, दिपक बुढ्थापा
क्यामेरा म्यान:- सोलोमन नाथ योगी        कानुनी सल्लाहकार :- अधिवक्ता अनिता      तिमल्सिना

सामाजिक संजाल