२०७८ माघ १० सोमबार

रोल्पामा एक पुरुषको घाँटी रेटी ह’त्या

Nasoo -   Amar Nath Yogi || २०७८ असोज २५ सोमबार

२५ असोज, रोल्पा । रोल्पामा एक पुरुषको घाँटी रेटेर ह’त्या भएको छ । रोल्पा नगरपालिका–६ दार्बोटका ५६ वर्षीय पूर्णबहादुर बुढाको आफ्नै घरमा घाँटी काटिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए ।

घरमा एक्लै रहेका बुढाको बिहान ११ बजेसम्म ढोका नखुलेपछि ढोका फोरेर हर्दा ह’त्या भएको अवस्थामा पाइएको प्रनानि सुवेदीले जानकारी दिए । घटना शङ्कास्पद भएकाले थप अनुसन्धानका लागि नेपालगञ्जबाट कुकुरसहितको टोली बोलाइएको रोल्पा प्रहरीले जनाएको छ । 

घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रनानि सुवेदी नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको बताइएको छ । बुढा नेपाली कांग्रेसका क्रियाशील कार्यकर्ता भएको नेपाली कांग्रेस रोल्पाका कार्यवाहक सभापति किशोरकुमार आचार्यले बताए । 

गत साउन २३ गते सम्पन्न नेपाली कांग्रेसको वडा अधिवेशनबाट बुढा क्षेत्रीय प्रतिनिधिमा छनोट भएका थिए । श्रीमतीको केही समयअघि मृत्यु भइसकेको र छोराछारीहरु वैदेशिक रोजगारीमा रहेकाले बुढा एक्लै बस्दै आएको बताइएको छ ।

प्रतिक्रियाह
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Tila-3, Jumla
+977-9843718173
[email protected]
[email protected]
[email protected]

ड्रिम सिकर मल्टीप्रपोज पा.लि. द्वारा संचालित रेजिस्ट्रेसन नम्बर : २४४९७०/०७७/०७८          सुचना विभाग दर्ता नं : २३१५/०७७-७८                                                                        प्रबन्ध निर्देशक :- अमर नाथ योगी 
व्यवास्थापक :- लंक नाथ योगी
प्रधान सम्पादक :- मान बहादूर कुँवर

संवाददाताहरु :- सपना रावत, रबिन्द्र शाही, दिपक बुढ्थापा
क्यामेरा म्यान:- सोलोमन नाथ योगी        कानुनी सल्लाहकार :- अधिवक्ता अनिता      तिमल्सिना

सामाजिक संजाल