२०७८ माघ १० सोमबार

राष्ट्रियसभा सदस्य निर्वाचनः १९ पदका लागि ४३ उम्मेदवार (सूचीसहित)

Nasoo -   नासो संवाददाता || २०७८ पुस २१ बुधबार

२१ पुस, जुम्ला । राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि नौ राजनीतिक दलका ४३ जनाको उम्मेदवारी परेको छ ।

आगामी माघ १२ गते हुने उक्त निर्वाचनका लागि ४३ उम्मेदवारबाट मनोनयनपत्र दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिए । उक्त निर्वाचनका लागि आज बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयनको समयावधि तोकिएको थियो ।

आयोगले यही पुस २५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ । आगामी फागुन २० गते नेकपा (एमाले) का आठ, नेकपा (एकीकृत समाजवादी) का चार, नेकपा (माओवादी केन्द्र) का चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिँदैछ । सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ ।


प्रबुद्ध वर्गको प्रतिनिधित्व रहने ५९ सदस्सीय राष्ट्रियसभाका एक तिहाइ सदस्यको प्रत्येक दुई वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ । निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ तथा पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ ।

प्रतिक्रियाह
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Tila-3, Jumla
+977-9843718173
nasoomarketing@gmail.com
contact@nasoo.org
nasoonews@gmail.com

ड्रिम सिकर मल्टीप्रपोज पा.लि. द्वारा संचालित रेजिस्ट्रेसन नम्बर : २४४९७०/०७७/०७८          सुचना विभाग दर्ता नं : २३१५/०७७-७८                                                                        प्रबन्ध निर्देशक :- अमर नाथ योगी 
व्यवास्थापक :- लंक नाथ योगी
प्रधान सम्पादक :- मान बहादूर कुँवर

संवाददाताहरु :- सपना रावत, रबिन्द्र शाही, दिपक बुढ्थापा
क्यामेरा म्यान:- सोलोमन नाथ योगी        कानुनी सल्लाहकार :- अधिवक्ता अनिता      तिमल्सिना

सामाजिक संजाल