२०७८ मङ्सिर २३ बिहिबार

काङ्ग्रेस जिल्ला सभापतिमा कर्णबहादुर शाहीको अग्रता

Nasoo -   नासो संवाददाता || २०७८ मङ्सिर ८ बुधबार

८ मंसिर, जुम्ला । नेपाली कांग्रेस जुम्लाको सभापतिको उम्मेदवारमा कडा प्रतिष्पर्धा भएको छ । ८२७ मत गणना गर्दा भने सभापतिमा कर्णबहादुर शाहीको अग्रता कामयै रहेको छ । 

संस्थापक पक्षका सभापतिका उम्मेदवार कर्णबहादुर शाहीले ४०४ मत प्राप्त गरेका छन् । यसैगरी रामचन्द्र पौडेल प्यानलका सभापतिका उम्मेदवार दिपबहादुर शाहीले ३९७ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत दुर्गबहादुर बस्नेतले जानकारी दिए ।

त्यसैगरी,सचिवमा रामचन्द्र पौडेल प्यानलका सचिव अर्जुन कठायतले सबैभन्दा बढी  ४३९ मत प्राप्त गरे । यसैगरी सचिव पदमा लक्ष्मणबहादुर शाहीले ३८६ मत, घनश्याम थापाले ३६४ र दानबहादुर बुढाले ३०७ मत प्राप्त गरेका छन् ।


उपसभापतिमा दिपक शाहीले सबैभन्दा बढी ४३७, कार्मा बुढाले ४०३ मत प्राप्त गरेका छन् । यसैगरी नन्दराम बुढाको ३५२ र मक्करबहादुर हमालले ३४४ मत गर्नुभएको सहायक निर्वाचन अधिकृत बस्नेतले बताए । सभापतिमा देउवा पक्षीय शाहीले सात भोटले अग्रता कायम गर्दा अन्य पदाधिकारीमा पौडेल पक्षकै अग्रता देखिएको छ ।

कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि जम्मा खसेको ९८१ मत खसेको थियो । मंगलबार दिउसो १ः०० बजेबाट मतगणना शुरु भएदेखि आज बिहान ६ः४० बजेसम्म ८३० मतगणना गरिएको हो । महाधिवेशन प्रतिनिधिको भने गणना गर्न बाँकी रहेको जनाईएको छ ।

प्रतिक्रियाह
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Tila-3, Jumla
+977-9843718173
nasoomarketing@gmail.com
contact@nasoo.org
nasoonews@gmail.com

ड्रिम सिकर मल्टीप्रपोज पा.लि. द्वारा संचालित रेजिस्ट्रेसन नम्बर : २४४९७०/०७७/०७८          सुचना विभाग दर्ता नं : २३१५/०७७-७८                                                                        प्रबन्ध निर्देशक :- अमर नाथ योगी 
व्यवास्थापक :- लंक नाथ योगी
प्रधान सम्पादक :- मान बहादूर कुँवर

संवाददाताहरु :- सपना रावत, रबिन्द्र शाही, दिपक बुढ्थापा
क्यामेरा म्यान:- सोलोमन नाथ योगी        कानुनी सल्लाहकार :- अधिवक्ता अनिता      तिमल्सिना

सामाजिक संजाल