२०७८ मङ्सिर २३ बिहिबार

नेपाली काङ्ग्रेस जिल्ला सभापतिमा शाही विजय, विपक्षी ५ मतले पराजित

Nasoo -   नासो संवाददाता || २०७८ मङ्सिर ८ बुधबार

८ मंसिर, जुम्ला । नेपाली कांग्रेस जुम्लाको ७ औँ जिल्ला अधिवेशनमा सभापतिमा देउवा पक्षधरका उम्मेदवार कर्णबहादुर शाही विजयी भएका छन् । विपक्षीलाई ५ मतान्तरले पराजित गर्दै उनी सभापतिमा चयन भएका हुन् ।

सभापति शाहीले खसेको कुल ९८१ मत मध्ये ४७४ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी पौडेल पक्षधर दीपबहादुर शाहीले ४६९ मत ल्याए । पाँच मतको अन्तरले संस्थापन देउवा पक्षधर शाही विजयी भएको निर्वाचन अधिकृत हसिना प्रधानले जानकारी दिइन् ।

सभापति बाहेक अन्य पदाधिकारीमा पौडेल पक्षीय प्यानल नै विजयी भएको छ । जसमा पौडेल पक्षधर उपाध्यक्ष दिपक शाही र कार्मा बुढा बिजयी भएका छन् । उपाध्यक्ष शाहीले ५१६ र बुढाले ४८६ मत प्राप्त गरेका छन् । सचिव अर्जुनसिंह कठायत र लक्ष्मण शाही सचिव पदमा बिजयी हाशिल गरेका छन् । सचिव कठायतले ५१८ र सचिव शाहीले ४५७ मत प्राप्त गरेका छन् । सहसचिवद्वय नन्दप्रसाद चौलागाई ५०० र धनेन्द्र बोहोराले ४४८ मत प्राप्त गरेर विजयी भएको निर्वाचन मण्डलले जनाएको छ ।


यस्तै, संस्थापन पक्षका उपाध्यक्ष नन्दराम बुढा (४०५) र मक्करबहादुर हमालले ( ३७८) सचिव दानबहादुर बुढा (३७०) र घनश्याम थापाले (४२९) र सहसचिव नवराज देवकोटा (३८७) र धनबहादुर रावतले (४१८) मत प्राप्त गरेको निर्वाचन अधिकृत प्रधानले बताइन् ।


उनका अनुसार खसेको कुल ९८१ मतमा ५ वटा मत बदर भएको छ । महाधिवेशन प्रतिनिधिहरुको मतगणना गर्न बाँकी रहेको जनाईएको छ । रामचन्द्र पौडेल पक्षले कार्यसमितिमा प्राय सवै पद जित्दा सभापतिका उम्मेदवार दिपबहादुर शाही भने पराजित हुनु भएको छ । खसेका ९८१ मत मध्य ५ वटा मत बदर भएका छन् ।

प्रतिक्रियाह
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Tila-3, Jumla
+977-9843718173
nasoomarketing@gmail.com
contact@nasoo.org
nasoonews@gmail.com

ड्रिम सिकर मल्टीप्रपोज पा.लि. द्वारा संचालित रेजिस्ट्रेसन नम्बर : २४४९७०/०७७/०७८          सुचना विभाग दर्ता नं : २३१५/०७७-७८                                                                        प्रबन्ध निर्देशक :- अमर नाथ योगी 
व्यवास्थापक :- लंक नाथ योगी
प्रधान सम्पादक :- मान बहादूर कुँवर

संवाददाताहरु :- सपना रावत, रबिन्द्र शाही, दिपक बुढ्थापा
क्यामेरा म्यान:- सोलोमन नाथ योगी        कानुनी सल्लाहकार :- अधिवक्ता अनिता      तिमल्सिना

सामाजिक संजाल