२०७८ माघ १० सोमबार

आफ्नै खर्चमा बंगलादेश पुगेका कर्णालीका खेलाडीले जिते २ स्वर्ण पदक

Nasoo -   नासो संवाददाता || २०७८ पुस ३० शुक्रबार

३० पुस, सुर्खेत । कर्णाली प्रदेशका खेलाडीहरूले अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा २ स्वर्ण पदक प्राप्त गरेका छन् । बंगलादेश गोजुरियो कराँते ‘दो’ संघको आयोजनामा गत डिसेम्बर २६ देखि २९ सम्म चलेको वि.जी. अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगितामा सहभागी कर्णालीका खेलाडीले २ स्वर्णसहित २ कास्य पदक जितेका हुन् । 

प्रतियोगितामा सहभागी बनेका सुर्खेतका प्रकाश खड्काले एकल कातामा स्वर्ण र ७५ के.जी. कुमितेमा कास्य पदक जितेका हुन् ।  त्यस्तै, दैलेखका हिक्मत रोका मगरले ६५ के.जी. कुमितेमा १ स्वर्ण र सुर्खेतका सन्दिप महतले ७० के.जी. कुमितेमा कास्य पदक जितेका हुन् ।

जिल्ला खेलकुद विकास समिति सुर्खेतका अनुसार खेलाडीहरु आफ्नै निजी खर्चमा बंगलादेश पुगेका थिए ।  जिल्ला गोजुरियो कराँते संघ सुर्खेतले बिहीबार एक कार्यक्रमको आयोजना गरी पदक जित्ने खेलाडीलाई सम्मान गरेको छ । सम्मान कार्यक्रममा बोल्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरीले सरोकारवाला निकायसँग कर्णालीका खेडालीको खेल सहभागिता र खर्चका सम्बन्धमा ध्यानाकर्षण गराइने बताए । 


नेपाल कराँते महासंघ कर्णाली प्रदेशका टेक्निकल कमिटीका अध्यक्ष प्रदिपकुमार राईले आफ्नै खर्चबाट पदक जितेर राष्ट्रको शान र कर्णालीको गौरब बढाएकोमा खेलाडीलाई धन्यवाद दिए । 

प्रतिक्रियाह
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Tila-3, Jumla
+977-9843718173
nasoomarketing@gmail.com
contact@nasoo.org
nasoonews@gmail.com

ड्रिम सिकर मल्टीप्रपोज पा.लि. द्वारा संचालित रेजिस्ट्रेसन नम्बर : २४४९७०/०७७/०७८          सुचना विभाग दर्ता नं : २३१५/०७७-७८                                                                        प्रबन्ध निर्देशक :- अमर नाथ योगी 
व्यवास्थापक :- लंक नाथ योगी
प्रधान सम्पादक :- मान बहादूर कुँवर

संवाददाताहरु :- सपना रावत, रबिन्द्र शाही, दिपक बुढ्थापा
क्यामेरा म्यान:- सोलोमन नाथ योगी        कानुनी सल्लाहकार :- अधिवक्ता अनिता      तिमल्सिना

सामाजिक संजाल