२०७८ मङ्सिर २३ बिहिबार

भारतद्वारा टी-२० सिरिज क्लिन स्विप

Nasoo -   नासो संवाददाता || २०७८ मङ्सिर ६ सोमबार

६ मंसिर, जुम्ला । न्यूजिल्याण्डसँगको टी-२० सिरिज भारतले ‘क्लिनस्विप’ गरेको छ । आइतबार राति तेस्रो तथा अन्तिम खेलमा न्यूजिल्याण्डलाई ७३ रनले हराउँदै भारतले सिरिज ३-० ले ‘क्लिनस्विप’ गरेको हो ।

हालै सम्पन्न विश्वकपमा भारतलाई हराउन सके पनि उसको भूमिमा भएको सिरिजमा भने एक खेलमा पनि जित निकाल्न सकेन । तेस्रो खेलमा भारतले दिएको १८५ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले १७.२ ओभरमा सबै विकेट गुमाएर १११ रन मात्र बनाउन सक्यो ।

उसका लागि मार्टिन गुप्टिलले अर्धशतकीय पारी खेले पनि जित दिलाउन सकेनन् । उनले ३६ बलमा चार चौका र चार छक्कासहित सर्वाधिक ५१ रन बनाए । त्यस्तै, टिम सेफर्टले १७ र लकी फर्गुसनले १४ रनको योगदान दिए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा अक्षर पटेलले तीन, हर्षल पटेलले दुई, युजवेन्द्र चहल, दीपक चाहर र वैंकटेश अय्यरले एकएक विकेट लिए । त्यसअघि, कोलकाताको इडेन गार्डेनको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनायो ।

उसका लागि कप्तान रोहित शर्माले अर्धशतकीय पारी खेले । उनले ३१ ब्लमा पाँच चौका र तीन छक्कासहित ५६ रन बनाए । जारी सिरिजमा रोहितको यो लगातार दोस्रो अर्धशतकीय पारी हो ।

त्यस्तै, इशान किशनले २९, श्रेयस अय्यरले २०, दीपक चाहरले अविजित २१, वैंकेटेश अय्यरले २० र हर्षल पटेलले १८ रनको योगदान दिए । ऋषभ पन्त (४) र सूर्यकुमार यादाव (०) ले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।


बलिङमा मिचेल सान्टनरले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा २७ रन दिएर महत्वपूर्ण तीन विकेट लिए । त्यस्तै, ट्रेन्ट बोल्ट, इश सोधी, लीक फर्गुसन र एडम मिल्नेले एकएक हात पारे ।

रोहितले रचे इतिहास

भारतीय टिमका कप्तान रोहित शर्माले इतिहास रचेका छन् । उनले भारतका लागि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १५० छक्का पूरा गर्ने पहिलो ब्याटर बन्दै इतिहास रचेका हुन् । रोहितले यो उपलब्धि न्यूजिल्याण्डविरुद्धको दोस्रो टी-२० म्याचमा ३ छक्का हिर्काउँदै हासिल गरे । उनले ११९ खेलमा १५० छक्का पूरा गरेका हुन् ।

विश्व टी–२० क्रिकेटमा सर्वाधिक छक्का र रन बनाउने मामलामा भने न्यूजिल्याण्डका मार्टिन गुप्टिल शीर्ष स्थानमा छन् । उनले ११२ म्याचमा सर्वाधिक ३ हजार २९९ रन बनाउँदा १६५ छक्का हिर्काएका छन् ।

साथै, रोहितले टी-२० मा सर्वाधिक अर्धशतक बनाउने ब्याटर पनि बनेका छन् । टी-२० आईमा उनीपछि भारतीय ब्याटर विराट कोहलीले २९, पाकिस्तानका कप्तान बाबर आजमले २५ र अष्ट्रेलिया ओपनर डेविड वार्नरले २२ अर्धशतक बनाएका छन् ।

प्रतिक्रियाह
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Tila-3, Jumla
+977-9843718173
nasoomarketing@gmail.com
contact@nasoo.org
nasoonews@gmail.com

ड्रिम सिकर मल्टीप्रपोज पा.लि. द्वारा संचालित रेजिस्ट्रेसन नम्बर : २४४९७०/०७७/०७८          सुचना विभाग दर्ता नं : २३१५/०७७-७८                                                                        प्रबन्ध निर्देशक :- अमर नाथ योगी 
व्यवास्थापक :- लंक नाथ योगी
प्रधान सम्पादक :- मान बहादूर कुँवर

संवाददाताहरु :- सपना रावत, रबिन्द्र शाही, दिपक बुढ्थापा
क्यामेरा म्यान:- सोलोमन नाथ योगी        कानुनी सल्लाहकार :- अधिवक्ता अनिता      तिमल्सिना

सामाजिक संजाल