२०७८ मङ्सिर २३ बिहिबार

भुटानविरुद्ध नेपालको फराकिलो जित

Nasoo -   नासो संवाददाता || २०७८ मङ्सिर ७ मङ्गलबार

७ मंसिर, जुम्ला ।  यूएईमा जारी आईसीसी वुमन्स टी-२० विश्वकप एसिया छनोट अन्तर्गत भुटानविरुद्ध नेपाल ८ विकेटले विजयी भएको छ । भुटानविरुद्ध नेपालको यो ऐतिहासिक जित हो ।

यसअघि नेपालले भुटानलाई यति फराकिलो अन्तरले हराउन सकेको थिएन । जित्नैपर्ने खेलमा भुटानले दिएको ६२ रनको लक्ष्य नेपालले ८.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालका लागि इन्दु वर्माले २४ बलमा अविजित १८ रनको पारी खेलिन् । सीताराना मगरले १३ बलमा दुई चौकाको सहयोगमा १७, कविता कुँवरले २ बलमा दुई चौकाको मद्दतमा अविजित ८ रनको योगदान दिइन् । कप्तान रबिना क्षेत्री १२ बलमा एक चौकासहित १० रन बनाउँदै रनआउट भइन् । बलिङमा टसी चेकीले एक विकेट लिइन् । भुटानलाई एक विकेट रनआउटको रूपमा प्रात भयो ।

त्यसअघि, दुबई मैदानका टस जितेर पहिला ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ६१ रन बनायो । उसका लागि नवाङ चोडेनले १३ र सोनम पाल्डनले ११ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । बलिङमा सीताराना मगरले ४ ओभरमा १० रन दिएर सर्वाधिक ३ विकेट लिइन् ।

त्यस्तै, करुणा भण्डारीले ४ ओभरमा एक मेडनसहित एक विकेट हात पारिन् । एक विकेट रन आउटको रूपमा प्राप्त भयो । आज सबै बलरले किफायती बलिङ गरे । सबनम राईले विकेट लिन नसके पनि चार ओभरमा १० रन मात्र खर्चिन् । त्यस्तै, कविता कुँवरले ४ ओभरमा एक मेडनसहित १३, रुबिना क्षेत्रीले ३ ओभरमा ११ र सरस्वतीकुमारी चौधरीले २ ओभरमा बिनाविकेट ९ रन दिइन् ।

यसअघि मंगलबार भएको खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो । ६ टोली सहभागी प्रतियोगिताको विजेता ग्लोबल छनोटमा स्थान बनाउनेछ ।


आजको जितसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । शीर्षमा भने यूएई छ । उसले दुई म्याच खेल्दा दुवैमा जित हात पारेको छ । अंक तालिकाको तेस्रो स्थानमा हङकङ छ । उसले दुई म्याच खेल्दा एकमा जित र एक खेलमा हारको सामना गरेको छ ।

नेपालले प्रतियोगिताअन्तर्गत तेस्रो खेल बिहीबार खेल्नेछ । नेपालले तेस्रो खेलमा कुवतेको सामना गर्नेछ । ग्लोबल छनोटको दुई टोली विश्वकपमा स्थान बनाउने छन् ।

प्रतिक्रियाह
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Tila-3, Jumla
+977-9843718173
nasoomarketing@gmail.com
contact@nasoo.org
nasoonews@gmail.com

ड्रिम सिकर मल्टीप्रपोज पा.लि. द्वारा संचालित रेजिस्ट्रेसन नम्बर : २४४९७०/०७७/०७८          सुचना विभाग दर्ता नं : २३१५/०७७-७८                                                                        प्रबन्ध निर्देशक :- अमर नाथ योगी 
व्यवास्थापक :- लंक नाथ योगी
प्रधान सम्पादक :- मान बहादूर कुँवर

संवाददाताहरु :- सपना रावत, रबिन्द्र शाही, दिपक बुढ्थापा
क्यामेरा म्यान:- सोलोमन नाथ योगी        कानुनी सल्लाहकार :- अधिवक्ता अनिता      तिमल्सिना

सामाजिक संजाल