२०७८ मङ्सिर २३ बिहिबार

ए डिभिजन लिगको तयारी पूरा, भोलि लिग सुरु हुँदै

Nasoo -   नासो संवाददाता || २०७८ मङ्सिर २ बिहिबार

२ मंसिर, काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल शुक्रबार सुरु हुने भएको छ । लिगको सम्पूर्ण तयारी पुरा भएको नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार हुने उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । लिगमा प्रतिस्पर्धा गर्ने क्लवले उत्कृष्ठ नजिता ल्याउने पनि जनाएका छन् ।

लिग अघि बिहीबार दशरथ रंगशालामा आयोजित पत्रकार सम्मेलनमा क्लवका प्रशिक्षक तथा कप्तानहरुले उत्कृृष्ठ खेल खेल्ने र राम्रै नजिता निकाल्ने दाबी गरे । मनाङ मस्याङ्दीका कप्तान विमल रानाले अघिल्लो सिजनको तुलनामा यस सिजनमा सुधार गर्ने बताए ।

आर्मीका कप्तान भरत खवासले लक्ष्य भनेको लिगको च्याम्पियन बन्ने भएको बताए । त्यस्तै अधिकांश टिमका प्रशिक्षक र कप्तानले मुख्य लक्ष्य उपाधि जित्नु रहेको समेत बताए ।

लिग अन्तर्गत शनिबारदेखि हरेक दिन दुई खेल हुनेछन् । कुल ९१ खेल हुने लिगमा ‘ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गर्ने छन् । यस पटकको लिगको पुछारका दुई टिम रेलिगेसनमा पर्दै ‘बी’ डिभिजनमा झर्ने छन् ।

अघिल्लो सिजनको उपाधि मछिन्द्र क्लबले जितेको थियो । यस पटकको लिग विजेताले ७५ लाख पाउने छ । यस्तै उपविजेताले ५० लाख प्राप्त गर्दा तेस्रो हुनेले २५ लाख पाउने छ । हरेक खेलको विजेताले ५० हजार पाउने छन् । खेल बराबरीमा सकिए दुबै टोलीले २५–२५ हजार पाउने एन्फाले जनाएको छ ।

प्रतिक्रियाह
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Tila-3, Jumla
+977-9843718173
[email protected]
[email protected]
[email protected]

ड्रिम सिकर मल्टीप्रपोज पा.लि. द्वारा संचालित रेजिस्ट्रेसन नम्बर : २४४९७०/०७७/०७८          सुचना विभाग दर्ता नं : २३१५/०७७-७८                                                                        प्रबन्ध निर्देशक :- अमर नाथ योगी 
व्यवास्थापक :- लंक नाथ योगी
प्रधान सम्पादक :- मान बहादूर कुँवर

संवाददाताहरु :- सपना रावत, रबिन्द्र शाही, दिपक बुढ्थापा
क्यामेरा म्यान:- सोलोमन नाथ योगी        कानुनी सल्लाहकार :- अधिवक्ता अनिता      तिमल्सिना

सामाजिक संजाल