२०७८ माघ १० सोमबार

कर्णाली स्पोर्ट्स क्लबका राममाया र प्रकाशलाई काठमाडौंमा स्वर्ण

Nasoo -   Amar Nath Yogi || २०७८ मङ्सिर २० सोमबार

२० मंसिर, जुम्ला । युथ एथ्लेटिक्स च्याम्पियनसिप अन्तर्गत तीन हजार मिटरको दौडमा पुरुषतर्फ जुम्ला कर्णाली स्पोर्ट्स क्लबका प्रकाश कठायतले स्वर्ण जितेका छन् । महिलातर्फ पनि जुम्लाकै राममाया बुढाले स्वर्ण जितेकी हुन् ।

दशरथ रंगशालामा सोमबार भएको पुरुषतर्फ प्रकाशले ९ मिनेट २२.७ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण पदक जिते । पुरुषतर्फ कपिलबस्तुका अजय पाण्डेले ९ मिनेट ४० सेकेन्ड दौड पूरा गर्दै दोस्रो हुँदा ललितपुरका महेश सिडालीले ९ मिनेट ४१ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भए ।

 

यस्तै, महिला तर्फ तीन हजार मिटर दौडमा कर्णाली स्पोर्ट्स क्लब जुम्लाकै राममायाले १० मिनेट ४४.५ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितिन् । महिलातर्फ जुम्लाकै बन्दना बुढा ११ मिनेट २१.१ मा दूरी पार गर्दै दोस्रो हुँदा तेस्रो भएकी सुर्खेतकी बिमला कार्कीले ११ मिनेट ४३ सेकेन्डमा दूरी पार गरिन् । 

प्रतिक्रियाह
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Tila-3, Jumla
+977-9843718173
nasoomarketing@gmail.com
contact@nasoo.org
nasoonews@gmail.com

ड्रिम सिकर मल्टीप्रपोज पा.लि. द्वारा संचालित रेजिस्ट्रेसन नम्बर : २४४९७०/०७७/०७८          सुचना विभाग दर्ता नं : २३१५/०७७-७८                                                                        प्रबन्ध निर्देशक :- अमर नाथ योगी 
व्यवास्थापक :- लंक नाथ योगी
प्रधान सम्पादक :- मान बहादूर कुँवर

संवाददाताहरु :- सपना रावत, रबिन्द्र शाही, दिपक बुढ्थापा
क्यामेरा म्यान:- सोलोमन नाथ योगी        कानुनी सल्लाहकार :- अधिवक्ता अनिता      तिमल्सिना

सामाजिक संजाल