२०७८ माघ १० सोमबार

प्रदेश-१ विरुद्ध कर्णालीको शानदार जित, रच्यो इतिहास

Nasoo -   नासो संवाददाता || २०७८ पुस २७ मङ्गलबार

२७ पुस, काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री कप टी-२० प्रतियोगिता अन्तर्गत कर्णाली प्रदेश प्रदशे-१ विरुद्ध ३१ रनले विजयी भएको छ । यो जितसँगै कर्णालीले इतिहास रचेको छ ।

कर्णालीको प्रधानमन्त्री कपमा यो पहिलो जित हो । उसले पहिलो पटक पीएम कपमा सहभागिता जनाएको थियो । सोमबार कर्णाली आफ्नो खेलमा त्रिभुवन आर्मी क्लबविरुद्ध पराजित भएको थियो ।

कर्णालीले दिएको १ सय २१ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले १७.१ ओभरमा सबै विकेट गुमाएर ८९ रन मात्र बनाउन सक्यो । उसका लागि फिर्दोस अन्सारीले २३, दिपेश कँडेल, सर्वन यादवले १५/१५ कप्तान सिद्धान्त लोहानीले १४, अंकित सुवेदीले ७, मुकुन्द यादव, विवेक आनन्द मेहताले २/२, सोनु अन्सारी र विधान गोस्वामीले १/१ रन बनाए ।

बलिङमा अनुज चुनाराले चार, दिवान पुनले दुई, प्रकाश जैशी, दिनेश अधिकारी र अुनप कुनवारले एक/एक विकेट हात पारे । त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १९ रन बनायो ।


उसका कप्तान रवीन्द्र शाहीले ३६, प्रकाश जैशीले २५, राज शाहले १५, विपिन रावलले १३, अर्जुन घर्तीले ८, दिनेश अधिकारीले ७, अनुप कुनवारले ६, शिमांशु शाही र निश्चल रावलले १/१ रन बनाए । बलिङमा मुकुन्द यादवले तीन, फिर्दोस अन्सारीले दुई, सिद्धान्त लोहानी र कमल खत्रीले एक/एक लिए ।

प्रतिक्रियाह
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Tila-3, Jumla
+977-9843718173
nasoomarketing@gmail.com
contact@nasoo.org
nasoonews@gmail.com

ड्रिम सिकर मल्टीप्रपोज पा.लि. द्वारा संचालित रेजिस्ट्रेसन नम्बर : २४४९७०/०७७/०७८          सुचना विभाग दर्ता नं : २३१५/०७७-७८                                                                        प्रबन्ध निर्देशक :- अमर नाथ योगी 
व्यवास्थापक :- लंक नाथ योगी
प्रधान सम्पादक :- मान बहादूर कुँवर

संवाददाताहरु :- सपना रावत, रबिन्द्र शाही, दिपक बुढ्थापा
क्यामेरा म्यान:- सोलोमन नाथ योगी        कानुनी सल्लाहकार :- अधिवक्ता अनिता      तिमल्सिना

सामाजिक संजाल