२०७८ माघ १० सोमबार

वेस्ट इन्डिज विरुद्धको टेस्ट सिरिज श्रीलंकालाई

Nasoo -   नासो संवाददाता || २०७८ मङ्सिर १८ शनिवार

१८ मंसिर, जुम्ला । वेस्ट इन्डिजविरुद्धको टेस्ट सिरिज श्रीलंकाले जितेको छ । पहिलो टेस्टमा १८७ रनको जित निकालेको श्रीलंकाले दोस्रो टेस्टमा १६४ रनको जित निकालेको हो । पाँचौँ दिनको खेलमा श्रीलंकाले दिएको २९६ रनको लक्ष्य वेस्ट इन्डिजले ५६ ओभर एक बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १३२ रन बनायो । 

वेस्ट इन्डिजका लागि कुर्मा बोनेरले सर्वाधिक ४४ रनको योगदान गरे । त्यस्तै जर्मेन ब्ल्याकवुडले ३६ रन बनाउँदा केमार रोयच १३ र शाही होपले १६ रन बनाउनबाहेक अन्य ब्याटरले दोहोरो रन जोड्न सकेनन् । बलिङतर्फ श्रीलंकाका लागि लसिथ एम्बुल्डेनिया र रमेश मेन्डिसले समान पाँच–पाँच विकेट हात लिए ।

यसअघि दोस्रो इनिङ्समा धनन्जय डी शिल्भाको शतकको सहयोगमा श्रीलंकाले २२१ ओभर ४ बलमा ९ विकेट गुमाउँदै ३४५ रन बनाएको थियो ।श्रीलंकाका लागि धनन्जय डी शिल्भा नट आउट १५३ रन बनाए । २६५ बल खेलेका उनले ११ चौका र २ छक्का प्रहार गरे । पाथुम निसाका ६६ रनको अर्धशतकीय पारी खेल्दै बाहिरिँदम रमेश मेन्डिसले २५ रन बनाए । श्रीलंकाका लसिथ एम्बुल्डेनियाले ३९ रनको योगदान गरे । 


बलिङतर्फ वेस्ट इन्डिजका लागि वीरसाम्मी परमौलले सर्वाधिक तीन विकेट लिए । त्यस्तै रोस्टोन चेसले दुई विकेट लिँदा क्रेग ब्राथवेट र कार्गिक ब्रेथवेटले समान एक–एक विकेट लिए । यसअघि पहिलो इनिङ्समा श्रीलंकाले ६१ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै २०४ रन बनाएको थियो ।

श्रीलंकाका लागि पाथुम निसांकाले ७३ रनको अर्धशतकीय पारी खेलेका थिए । श्रीलंकाका कप्तान दिथुम करुणारत्नेले ४२ रन बनाउँदा एन्गेलो माथ्युसले २९ रनको योगदान गरे । 

बलिङतर्फ वेस्ट इन्डिजका लागि भेरासम्य प्रेमाउलले सर्वाधिक पाँच विकेट लिए । त्यस्तै जोमेल वारिकानले चार विकेट लिँदा रोस्टोन चेसेले एक विकेट लिए । 


यता दोस्रो इनिङ्समा वेस्ट इन्डिजले १०४ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै २५३ रन बनायो । वेस्ट इन्डिजका लागि कप्तान क्रेग ब्राथवेटले ७२ रनको अर्धशतकीय पारी खेले । त्यस्तै जर्मेन ब्ल्याकवुडले ४४ रन बनाउँदा नकुर्मा बोनेरले ३५ रन बनाए । 

बलिङतर्फ श्रीलंकाका लागि रमेश मेन्डिसले सर्वाधिक ६ विकेट लिए । त्यस्तै लासिथ इमबुडिनिया र प्रभिन जयविकरनले समान दुई–दुई विकेट लिए ।

प्रतिक्रियाह
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Tila-3, Jumla
+977-9843718173
nasoomarketing@gmail.com
contact@nasoo.org
nasoonews@gmail.com

ड्रिम सिकर मल्टीप्रपोज पा.लि. द्वारा संचालित रेजिस्ट्रेसन नम्बर : २४४९७०/०७७/०७८          सुचना विभाग दर्ता नं : २३१५/०७७-७८                                                                        प्रबन्ध निर्देशक :- अमर नाथ योगी 
व्यवास्थापक :- लंक नाथ योगी
प्रधान सम्पादक :- मान बहादूर कुँवर

संवाददाताहरु :- सपना रावत, रबिन्द्र शाही, दिपक बुढ्थापा
क्यामेरा म्यान:- सोलोमन नाथ योगी        कानुनी सल्लाहकार :- अधिवक्ता अनिता      तिमल्सिना

सामाजिक संजाल