२०८१ साल मङ्सिर १८ गते मङ्गलबार

यसकारण ईरानका खेलाडीले विश्वकपमा राष्ट्रिय गान गाउन अस्विकार गरे


५ मंसिर, जुम्ला । फिफा विश्वकप २०२२ को आफ्नो पहिलो खेलमा इरानी राष्ट्रिय टोलिका खेलाडीहरुले आफ्नो देशको राष्ट्रियगान गाउन अस्विकार गरेका छन् ।

इङ्गल्याण्ड विरुद्ध समूह ‘बी’ को आफ्नो पहिलो खेलमा इरानका फुटबलरले इरानमा विगत केही महिनादेखि भइरहेको सरकारी दमनको विरोधमा देशको राष्ट्रिय गान गाउन नचाहेका हुन् । इरानका खेलाडीहरूले आफ्नो देशमा भएको सरकारी दमन र महसा अमिनीको मृत्युको विरोधमा आफ्नो देशको राष्ट्रिय गान नगाउने निर्णय गरेका हुन् ।

फुटबलर र फ्यानहरूको विरोध प्रदर्शन इरानी वर्तमान शासनसत्ता प्रति इङ्गित छ । इरानमा केही महिनाअघि इरानको राष्ट्रिय पोशाक ‘भेल’ को सम्मान नगरेको र उचित तवरले नलगाएको भन्दै २२ वर्षिया महसालाई प्रहरीले गिरफ्तार गरी दुर्व्यवहार गरेको थियो । पछि महसाको मृत्यु समेत हुन पुगेको थियो ।

उनको हत्या, उनीमाथि भएको हिंसा र सरकारको झूटको साथसाथै महिला हिंसाको शिकार भएकाले जनतामा आक्रोश छाएको छ । सत्तासाशनप्रतिको रुष्टता प्रदर्शन गर्न इरानको राष्ट्रिय फुटबल टोलिले फिफा विश्वकपको मञ्चलाई रोजेको हो । खेल शुरु हुन अघि इरानका खेलाडीहरु राष्ट्रिय गान नगाइ उब्भिदा स्टेडियममा उपस्थित दर्शकहरुले तालि बजाएर खेलाडीहरुको निर्णयको स्वागत गरेका थिए ।

प्रतिक्रिया