२०७९ साल असार २० गते सोमबार

२९८ मत बाँकी रहदा स्वतन्त्र उम्मेदवार कठायत १७९ मतान्तरले अगाडि


४ जेठ, जुम्ला । जुम्लाको एकमात्र चन्दननाथ नगरपालिकाको मतगणना अन्तिम १० नम्बर वडामा २९८ मतगणना बाँकी रहदा स्वतन्त्र उम्मेदवार र नेपाली काङ्ग्रेस बीच निकै रोचक प्रतिस्पर्धा देखिएको छ ।

स्वतन्त्र उम्मेदवार राजुसिंह कठायतले २३७४ मत प्राप्त गर्दै १७९ मतको अग्रता बनाएका छन् । काङ्ग्रेसका उम्मेदवार पदमबहादुर शाहीले २१९५ मत प्राप्त गर्दै उनलाई पछ्याइरहेका छन् । अब बाँकी २९८ मत मात्रै रहेकोले प्रतिस्पर्धा निकै रोचक देखिएको छ । 

प्रतिक्रिया