२०७९ साल जेठ ७ गते शनिवार

ग्रामीण विकास लघुवित्त जुम्ला द्वारा वित्तीय सारक्षरता सम्बन्धि गोष्ठी सम्पन्न


१३ चैत, जुम्ला । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको वित्तीय साक्षरता तथा केन्द्र प्रमुखहरूको अभिमूखिकरण गोष्ठी सम्पन्न भएको छ । 

आइतबार खलंगा बजारको स्टार होटलमा गोष्ठी सम्पन्न भएको हो । कर्णाली प्रदेश प्रबन्धक चक्र बहादुर शाही र जुम्ला शाखा प्रबन्धक टोपनारायण सापकोटाले गोष्ठीमा अभिमूखिकरण गर्नुभएको थियो ।

प्रबन्धक शाहीले लघुवित्त बैंकको उत्पत्ति, यसको अवधारणा, ग्रामीण बैंकको स्थापना, उदेश्य, बैंकले दिने सेवा सुविधा, लक्षित वर्ग लगायतका विषयमा जानकारी दिनुभएको थियो । साथै ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको वर्तमान अवस्था र पछिल्लो समयमा यस संस्था प्रतिको बढ्दो आकर्षण रहेको भन्दै सहभागीलाई थप हौसला समेत दिनुभयो ।


यस्तै, शाखा प्रमुख सापकोटाले कार्यक्रमको उदेश्य तथा औचित्य माथी प्रस्ट पार्नुभयो । उहाले बैंकको सञ्जाल र बैंकका सदस्यहरूले गर्नुपर्ने गतिविधि, वित्तीय कार्यक्रमका विषयमा प्रशिक्षण दिनुभएको थियो । साथै उहाले कर्जा तथा बचतको नियमितता र यसको महत्वका बारेमा समेत प्रकाश पार्नु भयो ।

सहभागीहरुले समेत आआफ्नो क्षेत्रमा भैरहेका गतिविधिका बारेमा, चुनौती र भावी योजनामा जिज्ञासा राखेका थिए । गोष्ठीमा तिला गाउँपालिका, तातोपानी गाउँपालिका, चन्दननाथ नगरपालिका, गुठिचौर गाउँपालिका र पातरासी गाउँपालिका बाट कुल ४२ जना केन्द्र प्रमुख र सदस्यहरुको सहभागीता रहेको थियो ।


बैंकले कृषि, पशुपालन, सेवा, व्यवसाय लगायत स्वरोजगारजन्य घरेलु तथा साना उद्योगहरुमा लघुकर्जा उपलब्ध गराई आम्दानी अभिवृद्धि गर्न महत्वपुर्ण योगदान गर्ने गरेको छ । 

जुम्लामा विनाधितो कर्जा प्रवाह गर्ने पहिलो बैंकको रुपमा स्थापित ग्रामीण विकास लघुवित्त वित्तीय संस्थामा पछिल्लो समय आकर्षण बढेको शाखा प्रमुख सापकोटाले बताए । जिल्लाभर यस संस्थाका कुल ११०० सदस्य रहेका छन् ।

प्रतिक्रिया