२०८१ साल मङ्सिर १८ गते मङ्गलबार

प्रदेश स्तरीय फुटबल प्रतियोगिता: जुम्ला र हुम्ला बिच भोलि उपाधी भिडन्त


१७ फागुन, जुम्ला । जुम्लामा जारी प्रदेश स्तरीय पुरुष फुटबल प्रतियाेगिता अन्तर्गत आज भएको पहिलो खेलमा जुम्ला विजयी भएको छ । पहिलो खेलमा बाइ पाएको जुम्लाले पेनाल्टी सुटआउटमा सुर्खेतलाई पराजित गर्दै आयोजक फाइनल प्रवेश गारेको हो ।


निर्धारित समयमा दुबै टिमले एकएक गोल गरेपछी खेल पेनाल्टीमा गएको हो । जसमा आयोजक जुम्ला भाग्यमानी साबित भयो । खेलकाे ७औं मिनेटमा  जुम्लाका रुबेन भण्डारीले गाेल गर्दै जुम्लालाई अग्रता दिलाए । भने खेलकाे  ७३ औं मिनेटमा सुर्खेतका भरत नंगालले  गाेल गर्दै खेल बराबरीमा ल्याउन सफल भए । 


पेलान्टि सुटआउटमा ५/५ गाेल गरेपछि पुन:थप १/१ पेलाल्टि गरिएकाे थियाे । जसमा जुम्लाले सुर्खेतलाई १ गाेल गर्याे । भने सुर्खेतको अन्तिम पेनाल्टी बल आउट भएपछि ५ - ६ गाेल अन्तरमा जुम्ला विजयी भयो ।


सुर्खेतलाई पराजित गरेको जुम्लाले भोलि हुने उपाधी भिडन्तमा हुम्लाको सामना गर्नेछ । फाइनल खेल फागुन १८ गते दिउसाे १ बजे राजासिम स्थित जुम्ला रंगशालामा हुने छ ।

प्रतिक्रिया