२०८० साल मङ्सिर २२ गते शुक्रबार

एन्फा अध्यक्षमा नेम्वाङको निरन्तरता


२३ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकज विक्रम नेम्वाङको निरन्तरता रहने भएको छ । आज हेटौडामा भएको मतदानमा बहुमतले बर्खास्तीको प्रस्ताव अस्वीकार गरेको हो ।

एन्फाको कुल १०७ सदस्य मध्ये ८७ जनाले मात्र मताधिकार प्रयोग गर्न पाउथे । जसमा ३४ जना मतदान प्रक्रियामा सहभागी नै भएनन् । यसरी कुल ५३ जनाले मात्र मतदान गरे । सदर ५२ मत नेम्वाङलाई अध्यक्षबाट हटाउने प्रस्तावको विपक्षमा खसेको मत थियो ।  एक मत भने बदर भएको थियो । 

पदाधिकारीको शपथकै दिन विना एजेन्डा महासचिव र कोषाध्यक्ष नियुक्ति गरेपछि असन्तुष्टि सुरु भएको थियो । त्यो बढ्दै गएपछि निवर्तमान अध्यक्ष शेर्पाकै अगुवाइमा बहुमत सदस्यले १९ वटा आरोप सहित अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको बर्खास्तीको माग सहित एन्फामा २५ भदौमा निवेदन दिए ।

एन्फाको इतिहासमा ‘अविश्वास प्रस्ताव’ फेस गर्ने उनी पहिलो अध्यक्ष हुन् । एन्फा विधानमा ४० प्रतिशत सदस्यले आवेदन दिएपछि एक महिनाभित्र विशेष साधारण सभा बोलाउनुपर्ने र प्रस्ताव पास गर्न दुईतिहाइ चाहिने व्यवस्था छ ।

१७ असोजमा एन्फा कार्यसमितिको आकस्मिक बैठकले अध्यक्षको बर्खास्तीको एजेन्डा मात्र समावेश गर्दै २३ कात्तिकमा विशेष साधारण सभा बोलाएको थियो । 

प्रतिक्रिया