२१ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सन सम्पन्न भएको छ । विभिन्न आठ टोलीमा ९१ खेलाडी अक्सनबाट अनुबन्धित भएका छन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा आगामी नोभेम्बर ३० तारिखदेखि डिसेम्बर २१ तारिखसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने उक्त प्रतियोगिताका लागि विभिन्न आठ टोलीमा ९१ खेलाडी आज अक्सनद्वारा अनुबन्धित भएका हुन् । अक्सनबाट आठै टोलीले १०–१० खेलाडी टोलीमा भित्र्याए ।
अक्सन बाट कर्णाली याक्समा गुलशनकुमार झा, नन्दन यादव, मौसम ढकाल, अर्जुन घर्ती, देव खनाल, ऋत गौतम, भुवन कार्की, दीपेन्द्र रावत, दीपक डुम्रे र युनिशविक्रम सिंह ठकुरी रहेका छन् ।
त्यस्तै चितवन राइनोजमा रिजन ढकाल, कमलसिंह ऐरी, शरद भेषावकर, विपिन रावल, सन्तोष कार्की, दीपेश श्रेष्ठ, अमरसिंह रौटेला, दीपक बोहरा, रञ्जीत कुमार र गौतम केसी अक्सनबाट छानिएका छन् ।
त्यसैगरी जनकपुर बोल्ट्समा ललित राजवंशी, अनिलकुमार साह, रुपेश सिंह, किशोर महतो, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल, हेमन्त धामी, अरनिप्रसाद यादव र तुलबहादुर थापामगर अक्सनबाट छानिएका छन् ।
विराटनगर किङ्ग्समा लोकेश बम, प्रतिश जीसी, बशीर अहमद, राजेश पुलामीमगर, जीतेन्द्रकुमार मुखिया, अनिल खरेल, दीपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट र मृनाल गुरुङ रहेका छन् । भने, काठमाडौं गोर्खाजमा शाहब आलम, भीम सार्की, रसिद खान, शंकर राना, दीपेशप्रसाद कँडेल, सुमित महर्जन, कृष्ण कार्की, विवेक केसी, प्रतीक श्रेष्ठ र राजु रिजाल अक्सनबाट छानिएका छन् ।
यसैगरी लुम्बिनी लायन्समा सूर्य तामाङ, विवेक यादव, सन्दीप जोरा, आशुतोष घिरैया, तिलक राज भण्डारी, दुर्गेश गुप्ता, अर्जुन साउद, दिनेश अधिकारी, अभिषेश गौतम र विकास आग्री अक्सन बाट छानिएका छन् ।
पोखरा एभेन्जर्समा सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलीप नाथ, त्रितराज दास, सुनाम गौतम, दिनेश खरेल र अमृत गुरुङ तथा सुदूरपश्चिम रोयल्समा आरिफ शेख, अविनाश बोहरा, विनोद भण्डारी, इशान पाण्डे, अर्जुन कुमाल, खडकबहादुर बोहरा, नरेश बुढायर, भोजराज भट्ट, अमित श्रेष्ठ र नरेन साउद अक्सनबाट छानिएका छन् ।
अक्सनको ग्रेड ‘ए’ मा न्यूनतम रु १० लाख र उच्चतम रु १५ लाख राखिएको थियो भने ग्रेड ‘बी’मा न्यूनतम रु ५ लाख र उच्चतम रु १० लाख थियो । त्यस्तै ग्रेड ‘सी’मा न्यूनतम रु दुई लाख र उच्चतम रु पाँच लाख मूल्य तोकिएको थियो । अब चार–चार विदेशी खेलाडी र एक स्थानीय खेलाडी आबद्ध भएसँगै प्रत्येक टोलीमा १६–१६ खेलाडी रहने छन् ।