२०७९ साल असार २० गते सोमबार

काङ्ग्रेसलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार कठायत विजयी, रचे इतिहास


४ जेठ, जुम्ला । जुम्लाको एकमात्र चन्दननाथ नगरपालिकामा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत विजयी भएका छन् । उनले नेपाली काङ्ग्रेसका उम्मेदवार पदम बहादुर शाहीलाई ६२ मतले पराजित गर्दै इतिहास रचेका हुन् ।

कठायतले २४०३ मत पाएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्दी शाहीले २३४१ मत प्राप्त गर्दै पराजित भए । मतगणनाको अन्त्यतिर निकै प्रतिस्पर्धा देखिए पनि कठायतले बाजि मारेका हुन् ।

काङ्ग्रेसले टिकट नदिएपछी कठायतले पार्टी परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले एकीकृत समाजवादी र राप्रपा सँग तालमेल गर्दै चुनावमा नेपाली काङ्ग्रेसलाई चुनौती दिएका थिए । 

यस्तै, उपमेयरमा काङ्ग्रेसकि रामदेवी खड्का विजयी भएकी छन् । उनले २८०८ मत प्राप्त गर्दा उनका एकीकृत समाजवादीका भिम बहादुर थापाले १६८६ मत प्राप्त गर्दै १,१२२ मतान्तरले पराजित गर्न सफल भइन् ।


प्रतिक्रिया