२०८१ साल असोज २९ गते मङ्गलबार

जुम्लाका सीआईएनकर्मी मानबहादुर कुवँर पुरस्कृत


१५ जेठ, जुम्ला । जुम्लाका सीआईएनकर्मी मानबहादुर कुवँर पुरस्कृत भएका छन् । आफ्नो १५ औँ वर्ष प्रवेशको अवसरमा सीआईएनले जुम्लाका कुवँर सँगै ३ जना सीआईएनकर्मीलाई पुरस्कृत गरेको हो । 

सामुदायिक सूचना नेटवर्क (सीआईएन)ले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा जुम्लाको रेडियो खुला आकाशमा कार्यरत मानबहादुर कुवँर, दाङको रेडियो मध्यपश्चिममा कार्यरत सुशीला ओली र सीआईएनमा कार्यरत सुनिल राजभारतलाई पुरस्कार प्रदान गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा र सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराब नेपालका अध्यक्ष अर्जुन गिरीले तीनै जनालाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरेका हुन् । पुरस्कारको राशि १५ हजार रहेको छ ।

रिपोर्टिङको गुणस्तर, सक्रियता र निरन्तरताका आधारमा सीआईएनले आफ्नो स्थापना दिवसका अवसरमा बर्सेनि सामुदायिक रेडियोकर्मी पुरस्कृत गर्दै आएको छ ।

कुवँरले नासो अनलाइनमा प्रधान सम्पादकको रुपमा पनि काम गरिसकेका छन् । उनी नासोका पहिलो प्रधान सम्पादक पनि हुन् । 

प्रतिक्रिया