१३ साउन, जुम्ला । जुम्लाका सन्ताेष खत्री राष्ट्रिय फुटबल टाेलीकाे प्रारम्भिक टोलीमा परेका छन् । तातोपानी गाउँपालिका वडा नम्बर ६ मा जन्मेका खत्री फिफा विश्वकप फुटबल २०२६ र एएफसी एसिया कप २०२७ को एसिया छनोटका लागि प्रारम्भिक टोलीमा परेका हुन् ।
शुक्रबार मात्रै राष्ट्रिय फुटबल टोलिका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले राष्ट्रिय फुटबल टाेलीकाे प्रारम्भिक टोलीमा तीन खेलाडी थपेका थिए । जसमा जुम्लाका सन्तोष खत्री परेका हुन् । उनी सँगै कुशल फुयाल र जावलाखेल युथ क्लबका फरवार्ड हिसुब थपलियालाई राष्ट्रिय टोललीको प्रारम्भिक टोलीमा पर्न सफल भए ।
हाल फुटबलर खत्री फ्रेन्ड्स क्लबमा मिडफिल्डरका रूपमा खेल्दै आएका छन् । प्रशिक्षक भिन्सेन्जोले उक्त खेलाडीहरुको आत्मविश्वास बढाउन राष्ट्रिय टोलीमा स्थान दिएको बताए । नेपालको राष्ट्रिय फुटबल टोलीले विश्वकप र एसिया कप छनोटको प्रारम्भिक चरणमा लाओस सँग खेल्नेछ ।