२०७९ साल असोज १३ गते बिहिबार

विश्व वातावारण दिवसका अवसरमा तिलामा पाँच सय विरुवा रोपियो


२२ जेठ, जुम्ला । विश्व वातावारण दिवसको अवसर पारेर तिला गाउँपालिका वडा - १ रारालिहिमा वृक्षारोपण गरिएको छ । बाढी पहिरो जाने बढी सम्भावना रहेको क्षेत्रमा विभिन्न प्रकारका करिब ५०० सय विरुवा रोपिएको हो । 

तिला गाउँपालिका १ नम्बर वडाध्यक्ष जंग बहादुर बस्नेतको अगुवाईमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको हो । रारा गाउँको पहिरो जाने खोलाको दुवै तिर ओखर, डालेघास, देवदयार, बैँस, र अतिसको बिरुवा रोपिएको हो ।

वातावरण संरक्षण गर्दै बाढि पहिरो रोकथाम गर्नको लागि वृक्षारोपण गरिएको किर्डाक नेपाल जुम्लाका फिल्ड कार्यक्रम संयोजक पकंज शाहीले बताउनुभयो । उहाका अनुसार जलवायु परिवर्तनले पारेको असरलाई न्युनिकरण गर्नको लागि सुख्खा ठाउमा बिरुवा रोपिएको हो । बर्खा याममा खोला बढेर पहिरो तथा बाढी जाने भएकोले खोलाको किनारमा विरुवा रोपिएको किर्डाक नेपाल जुम्लाले जनाएको छ । 


यस्तै, वडाध्यक्ष जंगवहाुर बस्नेतले वृक्षारोपण कार्यक्रमले बाढी पहिरो रोकिनुको साथै वरिपरि हरियाली वातावरणले स्वस्थ जिवनयापनमा सहयोग गर्ने बताउनुभयो । खोलामा प्रत्येक वर्षा बाढि र पहिरो गएर हैरान हुँदा अब केही हदसम्म रोकथाम हुने भएको छ । रोपिएका विरूवाको रेखदेख र संरक्षण वडाले गर्ने अध्यक्ष बस्नेतले बताउनुभयो ।

यस वडामा वल्डभिजन इन्टरनेशनल नेपालको सहयोग, तिला गाउँपालिकाको समन्वय र किर्डाक नेपाल जुम्लाको सहजीकरणमा वृक्षारोपण गरिएको हो । 

प्रतिक्रिया