२०८१ साल कार्तिक १९ गते सोमबार

हुम्लामा जिप दुर्घटना हुँदा एक बालकसहित दुई जनाको मृत्यु


१९ असोज, हुम्ला । शनिबार दिउँसो साढे तीन बजे ताँजकोट गाउँपालिका–४ को पैमा खोला नजिक रहेको तीर्थसैना बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जसमा एक बालक सहित दुई जनाको दुर्घटना स्थलमै मृत्यु भएको हो । लु १ ज २३४३ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्युभएको हो ।  जीपमा सात जना सवार थिए । उनीहरु मध्ये केही घाइते छन् ।


हुम्लाबाट नेपालगञ्ज जाँदै गरेको जीप शनिबार दिउँसो दुर्घटना हुँदा नेपालगञ्ज उपमहानगरपालीका वडा नम्बर २० घरभएकी ४९ वर्षिय बिष्णु परियार र नाम नखुलेका अन्दाजी पाँच, छ वर्षका बालककको मृत्युभएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक रविन्द्र खनालले जानकारी दिनुभयो । गियरबस बिग्रीएर जीप रोकि राखेको अवस्थामा ब्याक भइ तीन सय मिटर तल खसेको बताइएको छ ।


मैला कवाडी प्रहरी चौकीका असइ गोपाल वलीको नेतृत्वमा ६ जना प्रहरी घट्नास्थलमा पुगेको बताइएको छ । मृतक परियार दशैँ मनाउनका लागि सदरमुकाम सिमकोटबाट घर गएको बताइएको छ ।


जहाजको टिकट नपाउँदा अधिकांश सरदमुकाममा विभिन्न व्यवसाय गर्दै आएका जिल्ला बाहिरका नागरीक पैदल भएर गाडी मार्फत दशैँ मनाउन आफ्नो घर तर्फ लागेका छन् ।

तस्बिर: साङ्केतिक

प्रतिक्रिया