२०८० साल मङ्सिर २२ गते शुक्रबार

वडा कप फुटबल प्रतियोगिताको उपाधी चन्दननाथ वडा नम्बर ३ को पोल्टामा

 


२३ कार्तिक, जुम्ला । चन्दननाथ नगरपालिका वडा नम्बर ४ को आयोजनामा सम्पन्न वडा कप फुटबल प्रतियोगिताको उपाधी चन्दननाथ नगरपालिका वडा नम्बर ३ ले जितेको छ । 

आज दिउँसो भएको फाइनल खेलमा उसले आयोजक अर्थात वडा नम्बर ४ लाई २ - ० गोल अन्तरले पराजित गरेको हो । 

खेलको पहिलो हाफमा विजयी टिमको लागी अविशेक बुढ्थापाले पाँच मिनेटको अन्तरालमा दुई गोल गरे । खेलको दोस्रो हाफमा आयोजक टिमले आक्रमक खेल्दै गोलका केहि अवसर सिर्जना गर्न खोजे पनि गोलमा परिणत गर्न नसक्दा उ सहजै पराजित हुनपुग्यो । 

उपाधी विजेता वडा नम्बर ३ ले उपाधी सहित एक लाख १ हजार १ सय एघार रुपियाँ पुरस्कार हात पार्यो । भने, उपविजेता ४ नम्बर वडाले ५१ हजार १ सय एघार रुपियाँमा चित्त बुझाउनुपर्यो । 

यस्तै, प्रतियोगितामा आयोजक टिमका कप्तान दिपेन्द्र विक्रम हमालले उच्च गोलकर्ताको उपाधी जिते । उनले प्रतियोगिता अवधिभर कुल पाँच गोल गरेका थिए । साथै उत्कृष्ट खेलाडीको उपाधिको विजेता टिमका जीवन खत्रीले जिते । भने, उत्कृष्ट गोलरक्षकको उपाधी विजेता टिमकै प्रवेश बुढ्थापाले हात पारे । 

पहिलोपटक आयोजना भएको यस प्रतियोगिता कार्तिक एघार गतेदेखि सुरु भएर आज सकिएको हो । आयोजक वडा नम्बर ४ का वडा अध्यक्ष नवराज देवकोटाले यस प्रतियोगिता सोचेको भन्दा निकै राम्रोसँग सम्पन्न भएको प्रतिक्रिया दिए । साथै उनले यस प्रतियोगिता सम्पन्न गर्न सम्पुर्ण जुम्लाका वडा अध्यक्ष, खेलाडी, दर्शक लगायतलाई विशेष धन्यवाद समेत प्रकट गरे । 

यस प्रतियोगिताको मिडिया पार्टनरको रूपमा नासो मिडिया रहेको थियो । 

प्रतिक्रिया