२०७९ साल माघ १५ गते अाईतबार

जापानमाथि कोस्टारिकाको ऐतिहासिक जित


११ मंसिर, जुम्ला । जापानमाथि कोस्टारिकाले ऐतिहासिक जित निकाल्दा समूहका सबै टोलीका लागि नकआउट चरण खुल्ला भएको छ। आइतबार साँझ कोस्टारिकाले बलियो मानिएको जापानलाई १–० ले पराजित गरेको हो।

समूहको पहिलो खेलमा कोस्टारिका स्पेनसँग लज्जास्पद हार व्यहोर्दा जापानले जर्मनीलाई पराजित गरेको थियो। तर दोस्रो खेलमा कोस्टारिकाले सुधारिएको प्रदर्शन गर्यो । यो जित सँगै कोस्टारिकाको पनि अघिल्लो भरणको सम्भावना बलियो भएको छ।

यसले सबैभन्दा फाइदा जर्मनीलाई भएको छ। जर्मनीले आज राति स्पेनसँग भिड्दै छ। यो खेलमा बराबरी गरे वा जित निकाले जुनसुकै टोली बाहिरिने र जुनै पनि नकआउटमा पुग्ने ढोका खुल्ला हुने छ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको अन्तमा कोस्टारिकाले गोल गर्दा जापानले बराबरीको नतिजा समेत निकाल्न पाएन।

कोस्टारिकाको जितमा किशोर फुलरले खेलको ८१ औँ मिनेटमा गरे। फुलरले येल्तसिन तेजेडाको पासमा बललाई उत्कृष्ट फिनिसिङ गर्दा जापानको एक खेल अघि नै नकआउटमा पुग्ने सम्भावना टुङ्गियो।

यही समूह ई का स्पेन र जर्मनी राति १२ः४५ बजे भिड्दैछन्। अहिलेसम्म स्पेन, जापान र कोस्टारिकाको समान ३ अंक हुँदा जर्मनी अङ्कविहीन छ।

प्रतिक्रिया