२२ मंसिर, जुम्ला । कृषि खाद्य प्रणालिको लागि नबिकरणिय उर्जा रेरास अन्तर्गत ताजा तरकारी तथा रैथाने बालिको बजारिकरण सम्बन्धि सरोकारवाला सँग एक दिने अन्तररक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रबारका दिन जुम्लाका विभिन्न गाउँपालिकाका कृषकहरु, संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, सरोकारवाला लगायत अन्य महत्त्वपूर्ण व्यक्तित्वहरु बिच एक दिने रैथाने बालि एवम् ताजा फलफूलको बजारीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम भएको हो ।
यसअघि नै जुम्ला अर्गानिक जिल्ला घोषणा भईसकको छ । तर घोषणा भएता पनि अझै किसानहरुले सोचे जस्तो उत्पादन गर्न सफल भएका छैनन् । जुम्ला जिल्ला अर्गानिक रैथाने बालीको भण्डारण भन्दा पनि फरक नर्पला । तर बिडम्बना कृषकहरुले मेहनत गरेजतिको फल भने पाउने गरेका छैनन् । यसको कारण हो, कृषि सम्बन्धि किसानहरुलाई राम्रो ज्ञान नहुनु तथा जुम्ला जिल्लाले राम्रो कृषि प्राविधिक नपाउनु ।
स्थानीय कृषि उपज विशेषगरि ताजा तरकारी र फलफुल तथा रैथाने बालिको उत्पादन, संकलन र बर्तमान बजार व्यवस्थापनको छलफल गर्ने, स्थानीय सरकार, सहकारी, कृषक समुहहरु, सरकारी निकायहरु लगायत साझेदारी संघसस्थाहरु सँग समन्वय गरि रैथाने बालिहरुको मुल्य शृङ्खला व्यवस्थापन र विविध उपायहरूको खोजी गर्नुका साथै कृषि मुल्य शृङ्खलाको क्षेत्रमा कार्यरत स्थानीय सरोकारवाला बिच संजाल स्थापना गरि स्थानीय हाटबजार तथा तरकारी बजारको व्यवस्थापन गर्ने जस्ता अन्य थुप्रै महत्त्वपूर्ण विषयमा छलफल भएको जुम्ला रेरास परियोजनाका शर्मिला रेग्मीले बताउनुभयो ।
जुम्ला लिबर्ड रेरास परियोजनाका जुम्ला संयोजक गोबिन्द ढकालका अनुसार विशेषगरि ग्रामीण भेगका किसानहरुले उत्पादन गरेको रैथाने बालिको बजारिकणमा समस्या हुनेगरेको बताउनुभयो । त्यसैमाथि भिरालो जग्गा हुनु र सिचाइको व्यवस्था नहुनु जस्ता मुख्य समस्या रहेको ढकालले बताउनुभयो । उहाका अनुसार कृषिमा पर्याप्त लागानि गर्न नसक्नु तथा स्थानीय सरोकारवालाहरु सँग समन्वय गर्न नसक्नु पनि रैथाने बालिको कम उत्पादन हुनु एक मुख्य पाटो भएको उहाले बताउनुभयो ।
बिश्व खाद्य संगठन जुम्लाका जिल्ला संयोजक चक्र जिसिका अनुसार जुम्ला रैथाने बालिको भन्डारण भएतापनि उत्पादनमा कमि आइरहेको बताउनुभयो । उहाका अनुसार बढि मात्रामा उत्पादन गर्न उन्नत जातको बिउ उत्पादन नहुनु, रैथाने बालि उत्पादन गर्ने ठाउ अथवा क्षेत्र बिकट तथा उक्त क्षेत्रमा मलिलो माटो नहुनु, त्यस्तै भिरालो जग्गा हुनुका साथै सिचाइको अभावले गर्दा सोचे जतिको उत्पादन गर्न नसकिएको हो । साथै उत्पादन भएका तरकारी तथा फलफूल संकलन क्षेत्र तथा कोल्डस्टोर जस्ता व्यवस्था नहुनुले पनि रैथाने बालिको उत्पादनमा कमि हुने गरेको उहाको भनाई छ ।
यता तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंका अनुसार रैथाने बालि सम्बन्धि थुप्रै तालिम दिइएपनि तालीम तालिमै सिमित हुनेगरेको बताउनुभयो । जुनसुकै तालिम लिइसकेपछि त्यो व्याबहारमा लागु गर्दा मात्रै कुनै पनि लक्ष्य उदेश्यमा पुग्न सकिनेमा उहाँको जोड थियो । यथार्थ मा कुनै पनि तालिमले मात्र कुनै पनि कुराको पारिवर्तन नहुने तथा थोरै बिउ बिजनले धेरै उत्पादनको आसा राख्नु पनि नहुने चौलागाईंको भनाई छ ।
यसको लागि सम्बन्धित निकाय र स्थानीय सरोकारवाहरुलाले पनि बिउ कुन्टलको हिसाबले सहयोग गर्नुपर्ने बताउनुभयो । साथै उत्पादन बढाउन र कृषकहरुलाई कृषिमै आत्मनिर्भर बनाउन आफ्नो पालिकाबाट सक्दो सहयोग तथा समन्वय गर्न आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभयो ।
एकदिने अन्तरक्रिया कार्यक्रममा बोल्दै चन्दननाथ नगरपालिका प्रमुख राजुसिँह कठायतले किसानहारु बाट उत्पादन भन्दा पनि बजारिकरण को समस्या बढि आउने गरेको बताउनुभयो । किसानले उत्पादन गरेका तरकारी तथा फलफुल संकलन तथा भण्डार गर्ने ठाउको पनि उतिकै अभाब छ । यसको लागि स्थानिय सरकार लागि पर्ने बिश्वास व्यक्त गर्नुभएको छ ।
रैथाने बालि उत्पादनले जुम्लाको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुगेको समेत बताउनुभयो । किसानहरुलाई कृषिमा लगानि गर्नको लागि नगरपालिकाले बिउ बिजन तथा अनुदानमा सक्ने सहयोग गर्ने बताउनुभयो । कृषिबाट आफ्नो घरपरिवार पाल्नुका साथै आर्थिक पाटो बलियो बनाउदै भोलिका दिनहरुमा अन्तर्राष्ट्रिय जगतमै बजारीकरण गर्न सक्ने क्षमता किसानमा पैदा होस भनि शुभकामना समेत दिनुभयो ।