२०८१ साल ब‌ैशाख २२ गते शनिवार

७२औं मदन भण्डारी जयन्तीको अवसरमा यु-१६ दौड प्रतियोगिता हुँदै


१३ असार, जुम्ला । नेकपा एमालेका तत्कालीन महासचिव एवम् जननेता मदन भण्डारीको ७२औं जन्म जयन्तीको अवसरमा राष्ट्रिय युवा संघ नेपाल जुम्ला र खेलकुद महासंघ जुम्लाको आयोजनामा यु-१६ पुरुष महिला दौड प्रतियोगिता आयोजना हुने भएको छ ।

असार १४ गते अर्थात भोलि बिहिवार बिहान ८ बजे प्रतियोगिता सुरु हुने राष्ट्रिय युवा संघ नेपाल जुम्लाका अध्यक्ष हरिश रोकायाले जानकारी दिए । चन्दननाथ नगरपालिका वडा नम्बर ६, बसपार्क नजिकको पेट्रोल पम्प बाट तीन किलोमीटर लामो दौड प्रतियोगिता सुरु भएर खलाचौरमा समाप्त हुने आयोजक खेलकुद महासंघका अध्यक्ष राम राजा महतले बताए । 

यस प्रतियोगिताको उदेश्य जनसम्बन्ध विस्तार, रचनात्मक गतिविधि र खेलकुद क्षेत्रमा विद्यार्थीको सहभागीता गर्नु रहेको युवा संघका अध्यक्ष रोकायाले जनाए । साथै यस्ता अभियानले विद्यार्थीहरुको रिक्रीयसनमा अहम भुमिका खेल्ने उनको भनाई छ ।

प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय सबैलाई प्रमाणपत्र सहित नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया